दर्ता. न‌: २४५/०६५/०६६

सुखौरामा १५ दिने निशुल्क मगरभाषा कक्षा तथा प्रशिक्षण सुरु

दिपेन्द्र परियार ६ साउन २०७९। मगर समुदायको बाहुल्यता रहेको बरेङ गाँउपालिका वडा न ५ सुखौरामा मगर भाषा संरक्षणका लागी १५ दिने निशुल्क भाषा कक्षा तथा प्रशिक्षण सुरु भएको छ ।

मगरसमुदायको भाषा संरक्षणका लागी नेपाल मगरसंघ बरेङ गाँउपालिका ५ सुखौराको आयोजनामा  २ छुट्टा छुट्टै स्थान,  महेन्द्र माध्यमिक बिद्यालय तथा कोखार्कमा प्रशिक्षण दिन सुरु गरिएको हो ।

महेन्द्र माध्यमिक बिद्यालयमा बिहान ७ र ११ बजे तथा कोखार्कमा साँझ ४ बजे कक्षा सञ्चालन भएको बरेङ गाँउपालिकाका प्रबक्ता वडा सदस्य तुफान पुनले जानकारी दिनुभयो ।

प्रशिक्षणमा मगर ढुट भाषा सिकाईएको पुनले बताउनु भयो । सुखौराका ६० जना मगर समुदायका ब्यक्तिहरुको सहभागिता रहेको छ ।कालिगण्डकी गाँउपालिका २ लसर्घा बेसी स्याङजाका भिम मास्केले प्रशिक्षण दिनुभएको छ । मगर समुदायको बाहुल्यता रहेको भएपनि यस अगाडि सुखौरामा कोही पनि मगर भाषा बोल्ने नगरेको पुनको भनाई छ ।

« अवरुद्ध बनेको कालिगण्डकीको करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड खुल्यो ः पुर्तीघाट अर्वेनी सडकखण्ड भने अझै अवरुद्ध «

» सर्बोदय माध्यमिक बिद्यालयमा एकै दिन ३ कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal