दर्ता. न‌: २४५/०६५/०६६

सर्बोदय माध्यमिक बिद्यालयमा एकै दिन ३ कार्यक्रम सम्पन्न

दिपेन्द्र परियार १० साउन २०७९। सर्बोदय माध्यमिक बिद्यालय बरेङ मा जनप्रतिनिधि तथा अतिथि सम्मान एबं छात्राबृति दिवा खाजा बितरण कार्यक्रम सम्पन्न भएको छ  ।

बिद्यालयले आज वरेङ गाँउपालिका वडा न २ वाट प्राप्त छात्राबृत्ति कार्यक्रम मार्फत कक्षा ४ देखि ११ सम्मका १३ जना बिद्यार्थिलाई शैक्षिक सामाग्री प्रदान गरेकोे हो ।

त्यस्तै दलित छात्र छात्राहरु तथा सबै छात्रा हरुलाई रु ४ ।४ सय का दरले रकम प्रदान गरियो । बिद्यालयमा अध्ययनरत १ जना लाई रु ५ हजार नगद अपाङग छात्राबृत्ती समेत प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारले उपलब्ध गराएको कक्षा ५ सम्म अध्ययनरत बालवालिकाहरुलाई उनिहरुको हाँजिरको आधारमा दिवा खाजा रकम प्रदान गरिएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै बिद्यालयका प्रधानाध्यापक चित्र बहादुर थापाले अहिले बिद्यालयको शैक्षिकगुणस्तर सुधारोन्मुख रहेको जानकारी गराउदै बिद्यार्थिको सङख्यामा बृद्धि भैरहेको बताउनु भयो ।

वडा न ५ सुखौराका वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाले बिद्यालयका लागी आबस्यक योजना तथा बजेट बिनियोजनमा आफुहरुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

वडा न ४ का अध्यक्ष किसन बहादुर खत्रीले जनप्रनिधि,अभिबावक ,बिद्यार्थि तथा कर्मचारीहरुलाई एकै कार्यक्रममा बोलाएर परिचित गराउने अबसर प्रदान गरेकोमा धन्यबाद दिनु भयो ।

वडा न ३ का अध्यक्ष सेर बहादुर खनालले सरकारी बिद्यालयमा पढ्ने नानिबाबुहरुलाई अभिवावकले वेवास्ता गर्ने परिपाटिको अन्त्य हुनुपर्ने बताउनु भयो ।बिद्यालयको वाताबरण सुधारका लागी सबैको भुमिका महत्वपुर्ण हुने बताउदै बिद्यालयका सामान्य कमिकमजोरी हरुलाई सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेर पालिकालाईनै बदनाम गर्ने कार्य भैरहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता हरुलाई जथाभाबि पोष्ट नगर्न सुझाब दिनुभयो।

वडा न २ हुग्दिसिरका अध्यक्ष हिरा बहादुर थापाले बिद्यालयहरुले होटबाजिको आधारमा बजेट माग गर्ने कार्य भैरहेको बताउदै आबस्यकता अनुसार योजना तथा बजेट माग गर्नु पर्ने बताउनु भयो ।

सबै वडा सदस्यहरुको तर्फबाट वडा न १ का वडा सदस्य पुर्ण बहादुर थापाले अहिलेपनि बिद्यालयमा पठन पाठनको तरिका पुरानै रहेको भन्दै यसलाई समयअनुसार बदल्न जरुरी रहेको बताउनु भयो । शिक्षक बिद्यार्थि अभिवावक तथा सबै सरोकारवालाहरुको समन्वयले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने उहाँको भनाई छ ।

वडा न २ हुग्दिसिरका वडा सदस्य टिका कुमारी काउचाले कतिपय बिद्यालयले टिउसन पढाउने नाममा पैशा कमाउने प्रबृति रहेको बताउदै शिक्षालाई ब्यापारिकरण गर्न नहुने बताउनु भयो । शिक्षा सँग जोडिएका जुनसुकै संध सस्थालाई राजनैतिकीकरण गर्न नहुने उहाँको बुझाई छ ।

शिक्षा युवा तथा खेलकुद साखाका निमित्त प्रमुख बिष्णु प्रसाद न्यौपानेले पालिकाले कुल बजेटको ३९ प्रतिशत रकम शिक्षामा लगानी गरेपनि लगानी अनुसारको प्रतिफल प्राप्त नभएको बताउनु भयो ।

निमित्त प्रमुख पदम बहादुर पुनले बिद्यार्थिहरुले प्राप्त गर्ने रकम शैक्षिक क्षेत्रमै लगानी गर्न सुझाब दिनुभयो ।

शैक्षिक गुणस्तर सुधारका लागी बिद्यालय,अभिवावक र बिद्यार्थिको समन्वयात्मक भुमिका महत्वपुर्ण हुनु पर्ने पुनले बताउनु भयो ।लगनशिल शिक्षकहरुलाई समेत बिद्यालयहरुले पुरस्कृत गर्न सके त्यस्ता कार्यले शैक्षिक गुणस्तर सुर्धान भुमीका खेल्न सक्ने उहाँको धारणा छ  ।

कार्यक्रमको समापन गर्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुनले कार्यक्रमको निम्तो स्वाकारेर सहभागि भएका सम्पुर्णमा धन्यवाद दिदै आभार प्रकट गर्नुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुनको अध्यक्षता,शिक्षिका हिमा थापाको स्वागत तथा शिक्षक लेखान्त पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

« सुखौरामा १५ दिने निशुल्क मगरभाषा कक्षा तथा प्रशिक्षण सुरु «

» बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal