दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भुमा मगर १८ साउन २०७९। बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा विविध विषयमा छात्रवृत्ति तथा  पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई दलित छात्रवृति, छात्रा छात्रवृत्ति तथा अपाङ्ग छात्रवृत्ति वितरण गरिनुका साथै बिहानी क्वीज प्रतियोगितामा विजेता बनेका विद्याथीहरुलाई पुरस्कार वितरण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्र्रसाद शर्माले बताउनुभयो । 

सो अवसरमा कक्षा १० को अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । 

कार्यक्रमको बारेमा विद्यालयका पधानध्यापक देविदत्त पौड्यालले प्रकाश पार्नुभएको थियो ।  भने विद्यालय व्यवस्थापन समितिका सदस्य मोतिराम गौतमले मन्तव्य तथा शिक्षक चेतनाथ पौडेलले स्वागत मन्तव्य  राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर पुनको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो । 

« बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरे «

» टुहुरा भए बरेङका सार्बजनिक सौचालय »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal