दर्ता. न‌: २४५/०६५/०६६

टुहुरा भए बरेङका सार्बजनिक सौचालय

 दिपेन्द्र परियार २५ साउन २०७९। बरेङ बजार स्थित सार्बजनिक सौचालय प्रयोग बिहिन भएका छन । बरेङ गाँउपालिका  नेपाल सरकार र बिभिन्न परियोजना बाट लाखौ रकम खर्चेर निर्माण गरिएका पक्की सौचालयहरु उचित संरक्षणको अभाबमा दुर्गन्धित एंब प्रयोग गर्न नमिल्ने भएका हुन ।

झण्डै साढे २ लाखको लागतमा २०७१ सालमा निर्माण सम्पन्न बरेङ बजारको सर्बोदय माध्यमिक बिद्यालयको गेटनिरको सौचालय प्रयोग गर्नै नमिल्ने अबस्थामा छ । सौचालयमा पानीको ब्यबस्था नहुदा फोहोर र बुजिएको छ । सौचालयको छतमा ट्याङकी छ तर त्यो देखाउन मात्रै राखिएको छ पानी जोडिएको छैन । ओखरेनी बाट उपचार गर्न बरेङ आउनु भएका एक ब्यक्तिले सौचालय प्रयोग गर्न नमिल्ने भएपछि स्थानियको घरको सौचालय प्रयोग गर्नुपरेको बताउनु भयो ।

“बिद्यालयको भवन बनाउने क्रममा साबधानी नअपनाएकोले बाटोको भल समेत सौचालयमा पस्यो स्थानिय लोक बहादु क्षेत्रीले भन्नु भयो अरु कसैले गरेनन समय मिलाएर मैले नै सफा गर्नु पर्ला”

झण्डै ७ लाखमा २ बर्ष अगाडी निर्माण सम्पन्न बरेङ बजारको उत्तर तर्फको सार्बजनिक सौचालय पनि बेबारिसे बनेको छ । महिला र पुरुषका लागी छुट्टा छुट्टै सौचालयको ब्यबस्था सहित सानो तिनो ब्यबसाय समेत गर्न मिल्ने गरि थप कोठा रहेको यो सौचालयमा पनि पानी छैन ।यो सौचालयमा जडान गरिएको पानि ट्याङकी उप्काएर भुईमै राखिएको छ । पानिको अभाबमा सौचालय प्रयोग गर्न नसकेको बाटो हिडिरहेका लिउवाका एक बटुवाले बताउनु भयो । 

सरकारी ढुकुटि बाट बनेका सार्बजनिक महत्वका संरचनाहरुको बरेङ बजारवासी ले अपनत्व्््््््््््््् ग्रहण गर्न नसक्दा योजना हरु अलपत्र पर्ने गरेका छन । सार्बजनि सौचालय मात्रै होईन, बरेङ बजार क्षेत्रमा निर्माण भएका कृषी संकलन केन्द्र तथा पशु बधशाला समेत बेवारिसे बनेका छन । बरेङ बजार ब्यबस्थापन समिति रहेको अबस्थामा बजारमा निर्माण भएका सार्बजनिक संरचनाहरुको अपनत्व समितिले लिनुपर्ने बजारवासीहरु को भनाई छ । साथै सामाजिक कार्य गर्छौ भनेर स्थापना भएका कलब तथा संघ सस्थाहरुले समेत सार्बजनिक स्थल तथा महत्वका संरचनाहरुको रेखदेख गर्न सकिरहेका छैनन । 

यसै सन्र्भमा ग्रामिण जनसहभागिता बिकास केन्द्रका कृष्ण थापाले तिजमेलाको अबसरमा सार्बजनिक सौचालयहरुको अबस्था, सरसफाई तथा ब्यबस्थापन बारे छलफल गरेर कार्य गरिने बताउनु भयो ।

« बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न «

» बरेङमा शिक्षामा लगानी बढ्दो ,उपलब्धी घट्दो, कारण यस्ता छन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal