दर्ता. न‌: २४५/०६५/०६६

राजमो बरेङ गाँउपालिकाको नेतृत्वमा थापा, संघीयताको स्वरुप तपाईं भन्दा मपाई उन्मुख ः प्रमुख अतिथि ।

प्रकाश छन्त्याल, बरेङ । २६ आश्विन २०७५ । गण्डकी प्रदेश संघिय मामिला समितिका सभापति तथा माननिय सांसद कृष्ण थापाले संघीयताको स्वरुप तपाईं भन्दा मपाई उन्मुख भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिकाको शुक्रबार सम्पन्न प्रथम सम्मेलनको उद्घाटन पश्चात बोल्दै थापाले यस्तो बताएका हुन । 

थापाले सरकार पक्षले चुनावको बेला जे बोलेर मत मगेका थिए चुनाव जिते पछि के कति फरक अर्थ नीति ल्याए र अहिले जनतालाई अनावश्यक एकीकृत कर लगाएर जनतालाई  मारमा पारेको बताए । थापाले देश चलाउने सासकहरु जानी जानी वा नजानी अयोग्यताका कारण देशमा बिकाश हुन नसकेको समेत बताए । कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश  सभा सदस्य  पियारी थापा शुभकामना मन्तव्य ब्यक्त गरिन् ।  

सम्मेलनले ११ पुर्ण र ४ बैकल्पिक सदस्य सहित १५ सदस्यीय बरेङ गाउँपालिका स्तरीय समिति गठन गरेकोे छ । जसको अध्यक्षमा हिरा बहादुर थापा , उपाध्यक्षमा नर सेङ पुन, सचिबमा पुर्ण बहादुर पुन, सहसचिबमा दिलिपा पुन र कोषध्यक्षमा शेर बहादुर पुन चयन हुनुभएको छ भने सदस्यहरुमा कुल बहादुर खत्री, चन्द्रबहादुर श्रीस, झगर बहादुर अर्मजा,तेज बहादुर हरिजन,पुरन सुनार, ,दीपा सुनार चयन हुनुभएको छ । त्यसैगरि बैकल्पिक सदस्यमा टुक बहादुर पुन, खडग बहादुर नेपाली ,राधिका गौतम  र हर्क बुढाथोकी रहनु भएको छ ।

त्यस्तै सम्मेलनले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ, जसको सदस्यहरुमा रन बहादुर थापा, चेतमा खत्री, धनपति शर्मा, घन बहादुर थापा र शकस बहादुर क्षेत्री रहनु भएको छ ।

सम्मेलन बरेङ गाउँपालिका राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका निबर्तमान उपाध्यक्ष हिरा बहादुर पुनको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिकाका निबर्तमान सचिब पुर्ण बहादुर पुनको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिकाका निबर्तमान सदस्य मनोज पुनको सन्चालनमा सम्पन्न भएको थियो ।

« सर्बोदय माबिमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न । «

» विहानी बहुउदेश्यीय सहकारी संस्थाको १०औ वार्षिक साधारण सभा सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal