दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा शिक्षामा लगानी बढ्दो ,उपलब्धी घट्दो, कारण यस्ता छन

दिपेन्द्र परियार २६ साउन २०७९ । बागलुङको बरेङ गाउँपालिकाले शैक्षिक सत्र २०७८।०८९ मा अपेक्षित नजिता हासिल गर्न सकेको छैन ।

शिक्षा क्षेत्रमा पालिकाले प¥याप्त लगानी गर्दागर्दै पनि अपेक्षिकृत शैक्षिक उपलब्धी हासिल गर्न नसकेको पालिकाका शिक्षा अधिकृत शुर्य प्रसाद शर्माले स्वीकार्नुभएको हो ।

लगातार २ बर्ष सम्मको कोभिड १९ को माहामारी ,तथा शैक्षिक शत्र २०७८।०७९मा मात्रै ५ महिना पढाईहुनु ,शिक्षकले नबिनतम शिक्षण बिधि र शैक्षिक सामाग्रीको प्रयोग गर्न नसक्नु ,तालिममा सिकेका शिपहरुलाई कक्षामा प्रयोगमा ल्याउन नसक्नु, सैद्धान्तिक ज्ञानलाई ब्याबाहारिक र प्रयोगात्मक रुपमा समायोजन गर्न नसक्नु नै उपलब्धी हासिल नहुनुका मुख्य कारण रहेका छन । 

त्यस्तै बिद्यार्थिहरु प्रायजसो मोबाईल ईन्टरनेट,अनलाईन गेम आदि प्रबिधिमा भुल्ने बानीले समेत बिषयबस्तुमा केन्द्रिहुन नसक्नु पनि अर्को कारण रहेको छ । बिद्यालय प्रबिधिमैत्री बन्दै गर्दा कतिपय बिद्यालयका शिक्षकहरु समेत घण्टौ मोबाईलमै झुण्डिने गरेका एक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षले बताउनु भयो ।

“शिक्षकहरु घण्टौ सम्म मोवाईल चलाएर बसेको मैलेनै भेटेको छु ,उहाँले भन्नुभयो मैले बिद्यालयको वाईफाई समेत झिक्ने बिषयमा कुरा गरे तर त्यसो गर्दापनि थप समस्या आउन सक्ने तर्फ सोचेर केहि गर्न सकिएन शिक्षकहरुको अबस्था यस्तो भएपछि काँहा बाट नजिता राम्रो आउछ?”

केहि समय पहिला सार्बजनिक भएको एस इइको नतिजा अनुसार सबै भन्दा बढि गणित बिषयमा बरेङका बिद्यार्थिहरुको नतिजा कमजोर देखिएको छ ।

गणित बिषयमा थोरै नम्बर आएपनि अन्य बिषयहरु पढ्न पाईन्छ भन्ने सोचको बिकासले अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको अर्को कारण रहेको छ ।

यस्तै बिद्यालयहरुमा रहेका बिद्यालयब्यबस्थापन समितिहरु पदमात्रै ओगट्ने,जिम्मेबार अनुसारको काम नगर्ने प्रबृतिले पनि शैक्षिक उपलब्धी हासिल गर्न नसकिएको शिक्षा अधिकृत शर्माको भनाई छ  ।

शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउनका लागी गठन भएका शिक्षक अभिवावक संघ समेत नाम मात्रैका रहेका छन ।

शैक्षिक उपलब्धी हासिल नहुनुमा अभिबावक सचेतनाको कमी पारिवारिक समस्या समेत रहेको छ । स्कुल प्रसाशनले खाली पुर्बाधार बिकासमा मात्रै ध्यान केन्द्रित गर्दा पनि शैक्षिक गुणस्तरमा सुधारहुन नसकेको हो ।

जनप्रतिनिधिहरुले बजेट छुट्याउने तर कार्यान्वयन भए,नभएको बारे चासो र प्रभाबकारी अनुगमन गर्न नसक्नुले अपेक्षा अनुसारको शैक्षिक उपलब्धी हासिल गर्न नसकेको सरोवालाहरुको भनाई छ ।

« टुहुरा भए बरेङका सार्बजनिक सौचालय «

» सारदा माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न साग्दि टोल शिक्षा सहयोग समिति »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal