सारदा माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न साग्दि टोल शिक्षा सहयोग समिति
दिपेन्द्र परियार २८ साउन २०७९। बरेङ गाँउपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विधालयले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न साग्दि टोल शिक्षा सहयोग समिति गठन गरेको छ ।
बिद्यालयले बाटाकाचौर साग्दि मा सम्बन्धित क्षेत्रका विद्यार्थी ,अभिभावक , जनप्रतिनिधि ,समाजसेवी , शिक्षाप्रेमी लगायत सरोकारवाला पक्षहरूसँग व्यापक छलफल तथा अन्तरक्रिया गरि सम्पुर्ण क्षेत्रका व्यक्तिहरुको सहभागितामा साग्दि टोल शिक्षा सहयोग समिति गठन गरेको हो । समितिले शिक्षक,अभिभावक र विद्यार्थीहरुलाई थप उत्तरदायी बनाउदै बिद्यार्थीहरुको पठनपाठनलाई थप प्रभावकारी बनाउने अपेक्षा लिईएको त्यहाँबाट बिद्यालयका शिक्षक दिपक शर्माले जानकारी दिनुभयो ।
समितिको संयोजकमा ः तुलसि बस्याल,सह संयोजक ः जमुना बुढाथोकी तथा सदस्यहरुमा ःडिलमाया क्षेत्री बि.क. मन ब पुन, देबि थापा, जमुना नेपाली,पार्बती बोहरा , गिता बि.क, साबित्रा काउचा, रिमा सुनार, भिम ब. बिक,बल्लपि श्रीस, अशोक आले रहनु भउको छ । शिक्षक चेतनाथ पौडेलले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने बरेङ कार्यपालिका सदस्य तुलसि बस्याल, बरेङ गा.पा वडा न. ३ वडा सदस्य डिलमाया क्षेत्री बि.क, मन ब. पुनले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर पुनको अध्यक्षता , सोम ब. श्रीसको स्वागत मन्तब्य,शिक्षक कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै बाटाकाचौर बाच्छिखर्कमा पनि बाच्छिखर्क टोल शिक्षा सहयोग समिति गठन गरिएको छ । जस्को संयोजकमा ः खिम ब. श्रीस,सह संयोजक टककुमारी राना र सदस्यहरुमा शोभा थापा ,रन ब. राना, खडक ब. राना,ः केशकुमारी थापा, पुजा राना, सरस्वती थापा रहनु भएको छ ।
« बरेङमा शिक्षामा लगानी बढ्दो ,उपलब्धी घट्दो, कारण यस्ता छन «
» गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने »







