दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने

भुमा मगर ७ भदौ २०७९ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । 

पुर्तिघाटको जिवनोद्धार माध्यमिक विद्यालयले सञ्चालन गर्ने गरी १८ महिने प्रि डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने गाउँपालिका अध्यक्ष वेद थापा मगरले जानकारी दिनुभयो । 

“डिप्लोमा तहको  सिटिईभिटिको आङ्गिक कक्षा सञ्चालनका लागी निर्माण गरिएको करोडौको भवन सम्बन्धन प्राप्त गर्न नसक्दा अलपत्र अबस्थामा रहेको थियो, गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो, अब जिवनोद्धार माध्यमिक विद्यालयले सञ्चालन गर्ने गरी १८ महिने प्रि डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुनेभएको छ ” ।

उहाँका अनुसार अहिले प्रि– डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षाका लागी सम्बन्धन प्राप्त गरेकाले सिभिल इन्जिनियरिङ पढाई हुने भएको हो ।  

कालिगण्डकी गाउँपालिकाको वाड नं.४ जुखुम स्थित भवनमा प्रि– डिप्लोमा सिभिल इन्जिनियरिङ सगैं कोरियन भाषा कक्षा पनि सञ्चालन गरिने पािलका अध्यक्ष थापाले बताउनु भयो ।

विदेशी नागरिक लि साङ युङको आंशिक आर्थिक सहयोगमा युएचजि ह्युमन फाउन्डेशन नेपालले करिव डेढ वर्ष अघि निर्माण सम्पन्न गरेको सो भवनमा अवको केहि दिनमै बिद्यार्थि भर्ना भर्ना सुरु गरेर कक्षा सञ्चालन गरिने युएचजि ह्युमन फाउन्डेशन नेपालका अध्यक्ष लाल प्रसाद भट्राईले बताउनुभयो ।

« सारदा माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न साग्दि टोल शिक्षा सहयोग समिति «

» सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिमा अनौठो लक्षण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal