सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिमा अनौठो लक्षण
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङको सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिहरुमा अनौठो खालको रोग देखा परेको छ ।
बिहिबार बिद्यालयका ५ जना र आज शुक्रबार २ जना छात्रा हरु एक्कासी टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने ,बरबराउने,एकोहोरो टोलाउने ,पछारीने र बेहोस भएका थिए । बिरामी हुनेहरुमा कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु रहेका शिक्षिका सरिता पौडेलले बताउनु भयो ।
“बिद्यालयमा गत जेष्ठ महिनामा पनि ९ जनामा यहि खालको समस्या देखिएको थियो तर बिद्यालयले सामान्य भन्दै घटनाको बेवास्ता गरेको बिद्यालयका बिद्यार्थिले बताएका छन । गत जेष्ठ महिनामा पनि धेरैनै साथीहरुमा यस्तै समस्या देखिएको थियो तर सरहरुले वास्तै गर्नुभएन पछि अभिवावक भेलामा हामीले प्रश्ताव राखेपछि बल्ल हेर्न सम्म जानुहुन्छ ,अरु सबै रेखदेख हामीलेनै गर्दै आईरहेका छौ ।,बिरामी लिएर बाटाकाचौरको स्वास्थ्य चौकी पुगेकी एक छात्राले बताउनु भयो ।”
बिहिबार एकैदिन ५ जना छात्राहरु बेहोस भएर ढलेका थिए उनिहरुको साथमा शिक्षकहरु नआएको बाटाकाचौर स्वास्थ्य चौकी प्रमुख नर बहादुर थापाले बताउनु भयो । शुक्रबार भने बिद्यालयका २ जना शिक्षीकाहरु स्वास्थ्य सस्था पुगेका थिए ।
बिहिबार बिरामी परेका छात्राहरुको स्वास्थ्य अबस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताउनु भयो ।
अध्ययन गर्न बिद्यालय पुगेका बालबालिकाहरु एक्कासी बिरामी हुने क्रम जारी रहेको अबस्थामा तत्काल अनुसन्धान गरेर निराकरण गर्न जरुरी रहेको अभिवावक माया थापाले बताउनु भयो ।
यो समाचार तयार पार्दा सम्म शुक्रवार लक्षण देखिएका बिद्यार्थिहरुको अबस्था सामान्य रहेको बाटाकाचौर स्वास्थ्य चौकी प्रमुख थापाको भनाई छ ।शुक्रबारनै बिद्यालय ब्यबस्थापन समितिको बैठक बस्दै गरेको जानकारी प्राप्त भएको छ ।
« गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने «
» बरेङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी वडा अध्यक्ष र रुजु अधिकारी लाई १ दिने तालिम »







