बरेङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी वडा अध्यक्ष र रुजु अधिकारी लाई १ दिने तालिम
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङ गाँउपालिकाको कार्यलय सुदालामा राष्ट्रिय परिचय पत्र सम्बन्धी स्थानिय स्तरमा समन्वय बैठक तथा वडा अध्यक्ष र रुजु अधिकारी १ दिने तालिम सम्पन्न भएको छ ।
वडा स्तरबाट राष्ट्रिय परिचय पत्रको बिबरण संकलन का लागी सहजिकरण गर्ने उद्धेश्य सहित जिल्ला प्रसासन कार्यालय बाग्लुङले तालिम सञ्चालन गरेको हो ।
जिल्ला प्रसासन कार्यालय बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेस प्रसाद पौडेल,नायब सुब्बा लक्षमण पौडेल र राष्ट्रिय परिचय पत्र तथा पञजिकरण बिभाग काठमाण्डौका कम्प्युटर प्राबिधिक बिश्वास घिमिरेले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिममा पालिकाका सबै जनप्रतिनिधी ,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागि जनप्रतिनिधी तथा कर्मचारीहरुले बिबरण संकलन,ब्यक्तिगत घटनादर्ता, तथा पञ्जीकरण सम्बन्धमा देखिएका बिभिन्न समस्याहरुका बारे जिज्ञासा राखेका थिए ।
तालिममा सबै नागरिकले वडा कार्यालयमा गई बिबरण अद्यावधिक गर्नुपर्ने,सब्कल नागििरकता सहित स्वमं उपश्थित हुनुपर्ने,पतिले पत्नीको नागरिकता समेत लैजानुपर्ने,तिन पुस्ते बिबरण भर्नुपर्ने,सबै वडामा कर्मचारी खटिने,परिचय पत्रमा १० औठाको छाप,अनुहारको फोटो,आँखाको फोटो,डिजिटल हस्ताक्षर तथा ब्यक्तिको सम्पुर्ण बिबिरण भर्नुपर्ने,दोहोरो नागरिकता लिएकालाई निरुत्साहित गर्ने लगाएतका बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रमको अबसरमा आगन्तुक अतिथिहरुलाई अबिर ,दोसल्ला को साथमा स्थानिय पाठ्यक्रम,शैक्षिक योजना,डायरी,रातो किताब प्रदान गरेर स्वागत गरिएको थियो । स्वागत कार्यक्रमको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता,बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनको स्वागत,शिक्षा अधिकृत शुर्य प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।







