बाटाकाचौरको सारदा माध्यमिक बिद्यालय १४ गते सम्म बन्द
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङको सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिहरुमा अनौठो खालको रोग देखा परे पछि बिद्यालय १४ गते सम्म बिद्यालय बन्द गरिने भएको छ ।
बिहिबार बिद्यालयका ५ जना र शुक्रबार २ जना छात्राहरु एक्कासी टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने ,बरबराउने,एकोहोरो टोलाउने ,पछारीने र बेहोस भएका थिए ।
बिद्यार्थिमा एकाएक समस्या देखिन थालेपछि थप जोखिमलाई मध्यनजर राख्दै भदौ १४ गते सम्मका लागी बिद्यालय बन्द गर्ने निर्णय गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पृथ्बी पुनले बताउनु भयो ।
बिद्यालयमा गत जेष्ठ महिनामा पनि ९ जनामा यहि खालको समस्या देखिएकोे तर बिद्यालयले सामान्य भन्दै घटनाको बेवास्ता गरेको बिद्यालयका बिद्यार्थिले बताएका छन ।
बिद्यालयमा देखिएका सबै समस्याहरु आफुहरुले गम्भीर रुपमा लिएको प्रधानाध्यापक देबिदत्त पौडेलले बताउनु भयो ।
बालबालिकामा देखिएको स्वास्थ्य समस्याबारे आफुहरुले आफ्नै छोराछोरी सरह ब्यबाहार गरेको भन्दै शिक्षक र स्कुल प्रसासनले बिद्यार्थिको बेवास्ता गरेको भन्ने बिद्यार्थिको भनाईमा असमति जनाउनु भएको छ ।
अहिले बिरामी परेका बिद्यार्थि मध्ये २ जनालाई पहिले देखिनै समस्या देखिरहेको र अन्य बिद्यार्थि भने पहिलो पटक लक्षण देखिएकोे पौडेलको भनाई छ ।
बिरामी हुनेहरुमा कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु रहेका शिक्षिका सरिता पौडेलले बताउनु भयो ।
बिद्यार्थिमा देखिएको समस्याबारे बरेङ गाँउपालिकाका जनस्वास्थय निरिक्षक पदम बहादुर पुनले बिद्यालयमा मनोबैज्ञानिक परामर्स कक्षा सञ्चालन गर्ने बारे छलफल भैरहेको बताउनु भयो । बिद्यार्थिमा देखिएको समस्या जटिल खाले नभएको भन्दै धेरै आत्तीनु नपर्ने बताउनु भयो ।
« बरेङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी वडा अध्यक्ष र रुजु अधिकारी लाई १ दिने तालिम «
» बाटाकाचौरमा राष्ट्रिय परिचयपत्रका लागी बिवरण संकलन कार्यक्रममा वडा अध्यक्ष माथि आक्रमण »







