बाटाकाचौरमा राष्ट्रिय परिचयपत्रका लागी बिवरण संकलन कार्यक्रममा वडा अध्यक्ष माथि आक्रमण
दिपेन्द्र परियार १४ भदौ २०७९ ।बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरमा राष्ट्रिय परिचयपत्र बिवरण संकलन कार्यक्रममा वडा अध्यक्ष माथि आक्रमण भएको छ ।
बाटाकाचौरको सारदा माध्यमिक बिद्यालयमा परिचयपत्र बिवरण संकलनमा खटिएको टोलीमाथी स्थानिय युुवा मन बहादुर पुनले आक्रमण गर्दा आफु घाईते भएको वडा अध्यक्ष सेर बहादुर खनालले बताउनु भयो ।
खनालका अनुसार बिद्यालयको एक कोठाबाट सेवा दिईरहेको अबस्थामा कार्यलाई सहज बनाउनका लागी दस दश जनाको समुहमा सेवा ग्राहीलाई प्रबेश गराईएकोमा ति युवाले एक्कासी ढोका हानेर उच्छीटिउदा चुकुल र ढोकाले लागेर आफु घाईते भएको बताउनु भयो ।
परिचयपत्र बनाउन पुगेका युवा मन बहादुर पुनले आबस्यक कागजात नलिईकन गएको अबस्थामा बिबाद हुँदा घटना भएको सारदा माध्मिक बिद्यालय ब्यबस्थापन समितिका अध्ययक्ष पृथ्बी पुनले बताउनु भयो ।
परिचयपत्र बनाउनकालागी आबस्यक कागजातको बिषयमा सोधखोज गर्दा वडा अध्यक्षले बुद्धिजिबि मान्छेले किन मलाई सोधखोज गर्नु प¥यो ?भनेपछि घटना हुन पुगेको परिचयपत्र लिन पुगेका एक ब्यक्तिले नाम नलिने सर्तमा बताउनु भयो ।
घटना भैसकेपछिपनि अन्तीम सम्म आफुले मेलमिलाप गराउन खोजेको तर वडा अध्यक्षले कानुनि कार्बाही गर्ने अडान लिएको पुनले बताउनु भयो ।
निस्वार्थ नागरिकको सेवा गर्दै गर्दा आफुमाथि आक्रमण भएको भन्दै आफ्नो जिउ ज्यानको सुरक्षा गर्न खनालले माग गर्नुभएको छ ।
घटना पछि युवालाई सम्पर्कमा ल्याउने प्रयास भैरहेकोे बताउदै उनि सम्पर्कमा आएपछि छलफल हुने प्रहरी चौकी बाटाकाचौरले जानकारी दिएको छ ।
« बाटाकाचौरको सारदा माध्यमिक बिद्यालय १४ गते सम्म बन्द «
» चन्द्रकोट हरेवामा जिप दुर्घटना ः एक जना बालक गम्भिर घाइते »







