चन्द्रकोट हरेवामा जिप दुर्घटना ः एक जना बालक गम्भिर घाइते
दिपेन्द्र परियार १४ भदौ २०७९। गुल्मीको चन्द्रकोट हरेवामा जिप दुर्घटना हुँदा एक जना बालक गम्भिर घाइते भएका छन् । आइतबार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर देखि सोही गाउँपालिकाको वडा नम्बर – ७ रुपाकोट तर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको जिप अपरान्ह ४ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय संगित परीयार गम्भिर घाइते भएका हुन् । गम्भिर गाइते परियारलाई पाल्पा रिफर गरिएको चन्द्रकोट इलाका प्रहरी कार्यालयका इन्चार्ज बीरबहादुर रोकाहले जानकारी दिनुभयो ।
जिपमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गम्भिर घाइते बालककी आमा अन्दाजी वर्ष २७ की सपना परियार, चन्द्रकोट गाउँपालिका –५ की २६ वर्षिय सीता बस्याल, उनका वर्ष पाँचका छोरा रन्जित बस्याल, डेढ वर्षिय छोरा सुशान्त बस्याल रहेका छन् ।
उनीहरुको चन्द्रकोट शान्तिपुरमा रहेको सि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ । जिपमा ६ जना सवार रहेका प्रहरीले जनाएको छ । जिप चालक २६ वर्षिय सोहमत तना मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको शान्तिपुर बाट कमल खत्रीले जनाउनु भएको छ ।
« बाटाकाचौरमा राष्ट्रिय परिचयपत्रका लागी बिवरण संकलन कार्यक्रममा वडा अध्यक्ष माथि आक्रमण «







