बरेङमा तिजको खास मेला आज
दिपेन्द्र परियार १५ भदौ २०७९ हारितालिका तिजको अबसरमा बरेङमा आयोजना गरिएको तिजमहोत्सबको आज चौथो दिन पनि बिशेष मेला लाग्ने गरेको छ ।
ग्रामिण जनसहभागिता बिकास केन्द्र आर पी पी डि सि बरेङले तिजको अबसरमा आयोजना गरेका बिभिन्न कार्यक्रमहरु मध्ये आज तिज बिशेष झोरा प्रतियोगिता हुदैछ ।
परापुर्बकालदेखि नै बरेङ बजारमा तिजको भोलिपल्ट बिशेष मेला लाग्दै आईरहेको जेष्ठ नागरिकहरु बताउछन ,कुनै कलब संघ सस्थाले मेलाको आयोजना नगरेपनि बाग्लुङ , गुल्मी र पर्बतका बिभिन्न ठाँउबाट मान्छेहरु स्वत स्फुर्त रुपमा बरेङमा भेला हुने नाचगान गर्ने,रमाईलो गर्ने गरेको उनिहरुको भनाई छ।
पछि तिजको अबसर पारेर ग्रामिण जनसहभागिता बिकास केन्द्रले बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।
« चन्द्रकोट हरेवामा जिप दुर्घटना ः एक जना बालक गम्भिर घाइते «
» निजामती सेवा दिवसका दिन बरेङमा सरसफाई तथा घरदैलो स्वास्थ्य सेवा प्रवाह कार्यक्रम »







