दर्ता. न‌: २४५/०६५/०६६

निजामती सेवा दिवसका दिन बरेङमा सरसफाई तथा घरदैलो स्वास्थ्य सेवा प्रवाह कार्यक्रम

२२ भाद्र २०७९ । केशवराज क्षेत्री, बरेङ । नेपालमा हरेक वर्ष भाद्र २२ मा  देशभरी विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियुक्त कर्मचारीले दिने सेवाको आज हो,निजामती दिवस ।
१९ औं निजामती सेवा दिवस  ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ  मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्लाको बरेङ गाउँपालिकाले बुधबार  बरेङ बजार, प्रत्येक सरकारी कार्यालय परिसर सरसफाई तथा फूल रोप्ने साथै अति विपन्न परिवारका लागि आर्थिक सहायता र पालिकाका सबै स्वास्थ्य सस्थाहरुले घरदैलो स्वास्थ्य सेवा प्रवाह कार्यक्रम सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले बताउनुुभयो । पालिकाले मंगलबार सूचना प्रसारण गरी दिवस रचनात्मक कार्य गरेर मनाउने जनाएको थियो ।
पालिका अध्यक्ष,पालिकाका सबै निजामती कर्मचारी,बजार व्यवस्थापन समिति,व्यापारी,प्रहरी प्रशासन र अन्य नागरिकहरुले पालिकाको मुख्य बजार, बरेङ बजार सरसफाई गरी जनचेतनामूलक कार्यक्रम गरे । स्वास्थ्यका कर्मचारीले टोलटोलमा गई करिब ३ सय नागरिकको स्वास्थ्य परिक्षण गरेको पालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले बताउनुुुभयो ।
वि.सं. २०१३ साल भाद्र २२ गते निजामती ऎन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कार तथा सम्मानका कार्यक्रम गर्दै आइरहेको छ ।
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र  न्यायमा आधारित प्रशासनको सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भूमिका अतुलनीय हुने गरेको प्रशासकीय अधिकृत रानाको भनाई छ ।
निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुको व्यवहारले सुशासन र प्रशासन प्रति जनविश्वास जाहेर गर्ने बताइन्छ ।
पालिकाले दिवसको अवसरमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।

« बरेङमा तिजको खास मेला आज «

» बरेङमा कृषकलाई अनुदानै अनुदान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal