विहानी बहुउदेश्यीय सहकारी संस्थाको १०औ वार्षिक साधारण सभा सम्पन्न ।
२८ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाउपालिका वडानं १ धुल्लुबास्कोट बरेङ बजार स्थित विहानी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारीलाई उत्पादन पुजँीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने बनाउनुएको छ । विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभाको उट्घाटन समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । साथै उहाँले पुजिवादी र समाजबादी सिद्धान्त अङ्गालेका सवैले सहकारी अभियान अगालेका र कम्न्युष्ट हरुले समाज परिवर्तनको मेरुडण्डको रुपमा ल्याउने गरेको बताउनुभएको छ । उहाँले यदी सहकारी चलाउने हो भने समाजका सबै क्षेत्रको सहयोग आवस्यक रहेको बताउनुभयो ।
कतिपय सहकारी संस्थाहरु लथालिङ्ग भएको अवस्थामा सहकारीलाई व्यवस्थीत बनाउन आवस्यक रहेको उहाँको भनाइ छ । गण्डकी प्रदेशमा सहकारी विद्येक पेश भएको र सो विद्येक पारित भएमा सहकारीमा आमुल परिवर्तन हुने उहाँको भनाइ छ । फरक प्रसङगमा थापाले अधिकांश सांसद सभासद भएपछि चप्पल लगाएर हिड्नेहरु महलमा चड्ने भएर निश्कने प्रवृतिले नेताहरुलाई जनताले विश्वास नगर्ने गरेको उहाँको भनाइ छ । राष्ट्रिय सरकारले अहिलेको अर्थमन्त्री किनेर ल्याएकाले अहिलेको अर्थमन्त्रीले जनतालाई निराशको वातावरण ल्याएको थापाको भनाइ छ । गण्डकी प्रदेशलाई केन्द्रीय सरकारले कुनै किसीमका राष्ट्रिय गौरवका आयोजनाका लागी कुनै व्यवस्था नगरेको आरोप लागाउनुभएको छ । अहिलेको कम्न्युष्ट सरकारले जनतालाई चुनावका वेला गरेका वाचा पुरा गर्न नसकेको उहाँको भनाइ छ । जनतालाई गरेका बाचा पुरा गर्न नसके सरकारले आफ्नो ठाउँ छोड्न समेत उहाँले आग्रह गर्नूभएको छ । बहुल जाती भाषा धर्म भएको मुलुकमा संघियताले धान्न नसक्ने हुनाले संघियताले गरिब जनताको ढाँड सेकीएको थापाको भनाइ रहेको छ ।
कार्यक्रममा सम्पुर्ण सहकारीहरुको तर्फबाट हुग्दिशिर उद्यमशिल कृर्षि सहकारी संस्थाका अध्यक्ष्य मनिशा ढकाल, संस्थाका सल्लाहकारहरुको तर्फबाट संस्थाका सल्लाहकार चित्र थापा, सम्पुर्ण शैक्षिक संस्थाको तर्फबाट सर्वोदय क्याम्पसका क्याम्पस प्रमुख फुलकुमारी शर्मा आर्चाय,लेखा समिति सयोजक ठगराज शर्मा,बरेङ गाउँपालीकाको सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नम्वर १ का अध्यक्ष नरशिंह पुन, जैमीनी नगरपालीका वडा नम्वर १० राङखानीका नर बहादुर थापा, सस्थाका प्रवन्धक शेखर थापा,रेडियो विहानी ८९ मेघाहर्जका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल,सम्पुर्ण संघसस्थाको तर्फबाट बरेङ गाउँपालीका स्वास्थ्य प्रमुख पदम बहादुर पुन, बरेङ गाउँपालीकाका उपाध्यक्ष दिलकुमारी पुन,विद्यालय व्यवस्थापन समितिको तर्फबाट सर्वोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुन लगाएतले खुला सत्रमा सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ सदस्य कलाधर थापा, खेमराज पाध्या, मनिरत्न पाध्या, कुल बहादुर पुन, लाल बहादुर श्रेष्ठ, धनकला पौडेल, चुडामणी पौडेल, डिल बहादुर थापा, चन्द बहादुर पुन, देविदत्त पाध्या, टिकाराम उपाध्या, कुल बहादुर क्षेत्री, लिल बहादुर थापा, मन बहादुर सुनार, तुल बहादुर थापा लगाएत १६ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता, नियमित बचत कर्ता, नियमित कर्जा गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, दान बहादुर थापाको स्वागत मन्तव्य र मिन बहादुर पुनको संचालनमा खुला सत्र सम्पन्न भएको थियो ।
त्यस्तै बन्द शत्रमा संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले आर्थिक वर्ष २०७४÷०७५ शालको प्रगति प्रतिवेदन , कोषध्याक्ष पुर्ण प्रकाश पौडेलले प्रतावित आय व्यय विवरण प्रतुत गर्नुभएको थियो भने, संस्थाका सचिव विमल प्रसाद पौडेलले आगामी योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । संस्थामा हाल ९ सय ४४ जना सेयर सदस्यहरु रहेका छन ।