बरेङमा कृषकलाई अनुदानै अनुदान
भुमा मगर २७ भदौ २०७९। बरेङ गाउपालिकाले कृषी तथा पशुपालक कृषकहरुका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
गाउपालिकाले कृषी तथा पशुपालन ब्यबसाय गर्दै आईरहेका पालिका भरि ५ वटै वडा भित्र रहेका कृषक समुह, सहकारी,पशु फर्म उद्यमीलाई लेयर्स कुखुरा चल्ला अनुदानमा वितरण, ७५ प्रतिशत अनुदानमा शतप्रतिशतको वोेयर वोका वितरण,उन्नत राँगो वितरण,सहकार्यमा च्याफ कटर खरिद,बंगुरको विर वितरण,दाना बनाउने कम्बाइन मेसिन खरिद तथा वितरण,
५० प्रतिशत अनुदानमा बाख्रा फर्म सुधार कार्यक्रम,व्यवसाय उन्मुख बंगुर फार्म सुधार कार्यक्रम,स्थानिय कुखुरा संरक्षण ,मासु पसल सुधार ,माछामा भुरा वितरण ,बंगुरको भुनि वितरण, सामुहिक बाख्रापालन,लगाएतका कार्यक्रमका लागी आबेदन माग गरेको हो । त्यस्तै कृषी तर्फ आलु पकेट क्षेत्र विस्तार वडा नम्बर ४, मौरी संख्या विस्तारको लागी ५० प्रतिशत अनुदानमा मौरी घार तथा गोला वितरण, प्रत्येक वडामा १ वटा ग्रिन हाउस निमार्ण ७५ प्रतिशत अनुदानमा र कागती पकेट एरिया सञ्चालन कार्यक्रमको लागी समेत आवेदन माग गरेको छ ।
कार्यक्रममा सहभागि हुन चाहने कृषकले यहि असोज १६ गते सम्म नजिकको वडा कार्यालय वा बरेङ बजार स्थित कृषी तथा पशुसेवा शाखा कार्यलयमा निबेदनको साथमा आबस्यक कागजात पेश गर्न सक्ने छन ।
« निजामती सेवा दिवसका दिन बरेङमा सरसफाई तथा घरदैलो स्वास्थ्य सेवा प्रवाह कार्यक्रम «






