म्यादि प्रहरीमा भर्नाहुन ईच्छुक युवाले ईलाका प्रहरीकार्यालय बरेङडाडाँ बाटै दर्खास्त फारम भर्न सक्ने
दिपेन्द्र परियार ४ असोज २०७९ ।आउदै गरेको निर्बाचनमा म्यादि प्रहरीमा भर्नाहुन ईच्छुक युवालाई ईलाका प्रहरीकार्यालय बरेङडाडाँले दर्खास्त फारम भर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङको भदौ २७ गतेको प्राप्त संचार आदेश अनुसार आउदौ मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचनलाई स्वतन्त्र,निश्पक्ष,भयरहित र शान्तिपुर्ण वाताबरणमा सम्पन्न गर्नकालागी म्यादि प्रहरीमा भर्नाहुन ईच्छुक ब्यक्तिले यहि असोज ६ गते सम्म ईलाका प्रहरीकार्यालय बरेङडाडाँ बाटै दर्खास्त फारम भर्न सक्ने ईलाका प्रहरी कार्यालय बरेङ डाडाँले जनाएको छ ।
म्यादि प्रहरीमा २०२५ असोज ६ गते देखि २०६१ असोज ६ गते भित्र जन्म भएका नेपाली नागरिकहरुले मात्रै दर्खास्त दिन सक्ने सुचनामा उल्लेख छ ।
दर्खास्त फारमको साथमा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि,पासपोर्ट साईजको एकै किसिमको फोटो ५ प्रति,स्थानिय तहको निर्वाचन २०७९ मा म्यादि प्रहरीमा कार्य गरेको भए सोको प्रमाण पत्रको प्रतिलिपि,स्वदेसि तथा बिदेशि सुरक्षाकर्मिहरु,सेना प्रहरी,शसस्त्र प्रहरी,बन रक्षक,भएमा परिचय खुल्ने कागजातहरुको प्रतिलिपि,फाईल १ थान टिकट रु १० को १ थान आबस्यक पर्ने सुचनामा उल्लेख गरिएको छ ।
« बरेङमा कृषकलाई अनुदानै अनुदान «
» सर्वोदय क्याम्पस बरेङमा विजया दशमीको शुभकामना आदानप्रदान »







