सर्वोदय क्याम्पस बरेङमा विजया दशमीको शुभकामना आदानप्रदान
१४ आश्विन ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिकामा स्थापित सर्वोदय क्याम्पस बरेङले शुक्रबार एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नजिकिदै गरेको विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसर पारेर क्यापसमा आंशिक प्राध्यापक र अध्ययनरत विद्यार्थीको सहभागितामा क्याम्पस परिसर समेत सरसफाई गरिएको छ ।
कार्यक्रममा पहिलो,दोश्रो,तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थी, क्यापसका कर्मचारी, क्याम्पसका आंशिक प्राध्यापकहरु बीच एक आपसमा शुभकामना आदानप्रदान गरिएको क्याम्पस प्रशासनले बताएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्राध्यापकहरुले शिक्षा,स्वास्थ्यमा ख्याल गर्दै भित्रिएका नकारात्मक सस्कृतिको विरोध गर्न सुझाव दिएका थिए । त्यस्तै आफ्नो परिवारमा जे छ त्यसैमा रमाउने, देखासिकी नगर्ने, हर्षोउल्लासका साथ पर्व मनाउनुपर्ने सन्देश व्यक्त गरेका थिए ।
कार्यक्रम क्याम्पस प्रमुख फुलकुमारी शर्माको अध्यक्षता आंशिक प्राध्यापक केशवराज क्षेत्रीको स्वागत मन्तव्य र प्रशान्त शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।







