दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गा.पा.द्धारा अनुदानमा अटो रिक्सा वितरण

१४ आश्विन ०७९ । बरेङ ।  बरेङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा अटो रिक्सा वितरण गरेको छ ।
आर्थिक वर्ष ०७९/८० को गाउँपालिका स्तरीय योजना तथा विविध कार्यक्रम अन्तर्गत पालिकाले शुक्रबार गाउँपालिकाको कार्यालयबाट एक कार्यक्रमकाबिच २ वटा अटो रिक्सा वितरण गरेको हो ।
गाउँपालिका भित्रका मुख्य बजार र वस्तिहरुका बिचमा सहज आवागमन र व्यापारीकरणका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ गाउँपालिकाले उक्त अनुदान कार्यक्रम सचालनमा ल्याएको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।  पालिकाले अनुदानमा अटो रिक्सा लिन चाहनेका लागि १५ दिने सूचना आव्हान गरेको थियो । सूचनाअनुसार २ जनाको निवेदन परेकोमा दुई जनाले नै अनुदानमा अटो रिक्सा पाएका छन् ।
पालिकाको वडा नम्बर १ निवासी कुमार राना र होमबहादुर रानाले आफूले २५ प्रतिशत रकम लगानी गरेर अटो रिक्सा लिन ईच्छुक भएपछि मापदण्ड र सम्झौताका आधारमा वितरण गरिएको हो ।
कुल ५ लाख ८९ हजार ९ सय रकमको २५ प्रतिशत १ लाख ४७ हजार ४ सय ७५ रकम लगानीमा नै निवेदकहरुले उक्त सवारीसाधन प्राप्त गरेका हुन् ।
जुन वडाको हो, सोही वडाको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड-१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेको, विभिन्न मापदण्ड अनुसार राना द्धयले रिक्सा चलाउने भएका छन् ।
पालिका(पहिलो पक्ष) र दोस्रो (अटो रिक्सा चालक) पक्षबिच भएका सम्झौतामा पालिकाले निर्धारण गरेको अटो सञ्चालन हुने रुट र भाडादरको पूणर् परिपालना गर्ने,चालकको विवरण र चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने, पालिकाले निर्माण गरेको कानुनी व्यवस्था पूणर् पालना गर्ने, कुल लागतको न्यूनतम २५ प्रतिशत रकमका अलवा आफ्नो प्रस्तावनामा कबुल गरेको थप साझेदारी रकम बुझाउनुपर्ने, अटो रिक्साको नियमित मर्मत सम्भार चालक आफैँले गर्नुपर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा सवारीसाधन दर्ता गर्ने र तोकेको कर तिर्नुपर्ने,सवारी साधनको बिमा गर्ने, अनुगमनका क्रममा आवश्यक सहयोग र सहजिकरण गर्ने नीतिनियम उल्लेख गरिएको छ ।
पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले अटोको चाबी र बिलबुक हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले सम्झौता  तथा नीतिनियमको बारेमा जानकारी गराउनुभएको कार्यक्रमको सहजीकरण लघु उद्दम शाखा प्रमुख सुरेन्द्र रानाले गर्नुभएको थियो ।

« सर्वोदय क्याम्पस बरेङमा विजया दशमीको शुभकामना आदानप्रदान «

» बुटबलबाट शान्तिपुरतर्फ अाउँदै गरेको जीप दुर्घटना छ जना घाइते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal