बुटबलबाट शान्तिपुरतर्फ अाउँदै गरेको जीप दुर्घटना छ जना घाइते
हुमाकान्त पोखरेल, गुल्मी ।१३ कार्तिक २०७९ गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आइतबार बुटबलबाट शान्तिपुरतर्फ अाउँदै गरेको लु १ ज १४१५ नम्बरको जीप अनियन्त्रित भई सत्यवती गाउँपालिका –६ स्थित रुद्रावेणी–वामी सडक खण्डमा पल्टिएको थियो ।
दुर्घटनामा परि बाग्लुङको बरेङ गाउँपालिका –३ बाटाकाचौर निवासी ४७ बर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ बर्षिया चन्द्रकला काउछा, २२ बर्षया दिपिका काउछा, ५७ बर्षिय प्रेम बहादुर काउछा घाइते भएका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिका –१ का १६ बर्षिया कल्पना गलामी र वडा नम्बर ४ का २८ बर्षिया कल्पना पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलले जानकारी दिए ।
घाइते सबैलाई प्राथमिक उपचारको लागि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । जीप घटनास्थलमै रहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन् । जीपमा १३ यात्रु सवार रहेका थिए ।
« बरेङ गा.पा.द्धारा अनुदानमा अटो रिक्सा वितरण «
» गुल्मी हिले सत्यवतीमा चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न »







