दर्ता. न‌: २४५/०६५/०६६

गुल्मी हिले सत्यवतीमा चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न

दिपेन्द्र परियार २३ कार्तिक २०७९। गुल्मीको कालिगण्डकी गाँउपालिका ७ हिले सत्यवतीमा  चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न भएको छ ।  

सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्याएर वरदान माग्नुपरेको स्थानियको भनाइ रहेको छ। 

सत्यवती बज्यैसँग चिच्याएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजनहरू मन्दिरमा आउने गरेका छन्। सत्यवती बज्यैसँग रातीमा मात्र चिच्याएर वरदान माग्ने प्रचलनलाई आज भोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ।

सत्यवती मन्दिरको किनारमा कुवा रहेकोले भक्तजनहरूले कुवा तथा मन्दिरको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिक कुवामा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर कुवाको जल छर्किदै चिच्याएर वरदान माग्ने प्रचलन रहँदै आएको छ।

स्थानिय मनमाया थापाले सत्यवतिमा वर मागे पूरा हुने र कतिपय मागेका वर पूरा हुँदै आइरहेको बताउनु भयो । हिलेबासीहरूले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वर सानैदेखि पूरा हुँदै आएको बताउनु भयो।

भक्तजनले मागेका कुराहरू सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा,  बोका, परेवाको बली दिने वा परेवा उडाईदिने प्रचलन रहँदै आएको छ। 

सत्यवती मन्दिरमा वरदान माग्न बागलुङ, गुल्मी,पर्बत,साथै काठमाण्डौ,बुटवल लगायतका क्षेत्रबाट भक्तजन पुग्ने गरेका छन । मन्दिर गुल्मी,तथा बागलुङ दुई जिल्लाको सिमाना नजिकै रहेको हिले सत्यवति मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले आन्तरिक तथा बाह्य पर्यटकलाई ल्याउन नसकिएको  स्थानिय बिनोद गिरीले बताउनु भयो । हिले सत्यवति मन्दिर गुल्मी,तथा बागलुङ का नागरिकको धार्मिक आस्था केन्द्र रहेपनि अहिलेसम्म कालिगण्डकी गाउँपालिकाले मन्दिर व्यवस्थापन र यसको संरक्षणका लागि उचित पहल नगरेको स्थानियले गुनासो गरेका छन ।

« बुटबलबाट शान्तिपुरतर्फ अाउँदै गरेको जीप दुर्घटना छ जना घाइते «

» आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचन बहिस्कार गर्न आम नागरिकलाई आब्हान गर्दै नेकपा मशाल द्धारा बरेङमा पर्चा बितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal