आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचन बहिस्कार गर्न आम नागरिकलाई आब्हान गर्दै नेकपा मशाल द्धारा बरेङमा पर्चा बितरण
दिपेन्द्र परियार २५ कार्तिक २०७९ ।नेपाल कम्युनिष्ट पार्टी मशालले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचन बहिस्कार गर्न आम नागरिकलाई आब्हान गर्दै पर्चा बितरण गरेको छ।
नेपालमा ३३ बर्ष सम्म चलिरहेको संसदिय ब्यबस्थाले जनताको जिवनमा कुनैपनि परिर्वतन ल्याउन नसकेको भन्दै मशालका नेता कार्यकर्ताले शुक्रबार बरेङ बजारमा पर्चा बितरण गरेका हुन ।
निर्बाचनमा होमिएका राजनैतिक दलहरुबाट नागरिकलाई झुटो आस्वासन मात्रै बाढ्ने कार्य गरेको ,राज्यका तिन अंग कार्यपालिका,ब्यबस्थापिका तथा न्याय पालिकालाई संबिधानको प्राबधान बिपरित समन्वयकारी ढंगमा चलाएर न्यायिक प्रक्रियालाई ध्वस्त पारिएको पर्चामा उल्लेख छ । ब्यबस्थापिका र न्यायपालिकामाथि हस्तक्षेप गर्ने नेताहरुनै चुनिएर सरकारमा जाने र यिनिहरुको हातबाट देश असफल राष्ट्र बन्न सक्ने खतरा रहेको भन्दै आसन्न निर्बाचन बहिस्कार गर्न पर्चामा आब्हान गरिएको छ ।
अहिलेको ब्यबस्थाले जनताको भोक,रोग ,गरिवी,अशिक्षा र अभाबमा तड्पीरहनु बाहेक केहि उपलब्धी नहुने ठहर गर्दै निर्बाचन बहिस्कार गर्न अनुरोध गरिएको नेकपा मशालका बाग्लुङ जिल्ला प्रबक्ता रेसम गिरीले बताउनु भयो ।
गिरिले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचनलाई भयरहित वातावरणमा शान्तिपुर्ण तरिकाले बहिस्कार गर्न जनतालाई आग्रह गरिने बताउनु भयो ।
मशालले निर्बाचन बहिस्कारका लागी यहि कार्तिक १५ गते देखि २२ गते सम्म पर्चा बितरण सहित घरदैलो कार्यक्रम,कार्तिक २३ गते देखि २७ सम्म सभा तथा कोण सभा गर्ने लगाएतका कार्यक्रम तय गरेको गिरिको भनाई छ ।
« गुल्मी हिले सत्यवतीमा चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न «







