बरेङ गाउँपालिकामा ४८ प्रतिशत मत खस्यो
०७९ मङ्सिर ४ । विहानी संवाददाता । बाग्लुङको बरेङ गाउँपालिकामा ५ हजार ८ मत खसेको छ । पालिकाको वडा नम्बर ३ बाटाकाचौरमा ११९७, वडा नम्बर २ हुग्दिशिरमा १४९१, वडा नम्बर १ धुल्लुबास्कोटमा १३३३, वडा नम्बर ४ सल्यानमा ५१४, वडा नम्बर ५ सुखौरामा ४७३ मत खसेको बताइएको छ ।
१० हजार ३ सय ७४ मतदाता सङ्ख्या रहेको यस पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटमा २ हजार ५ सय ७८, वडा नम्बर २ हुग्दिशिरमा ३ हजार ६६, वडा नम्बर ३ बाटाकाचौरमा २ हजार ६ सय ७८, वडा नम्बर ४ सल्यानमा १ हजार १ सय ५८ र वडा नम्बर ५ सुखौरामा ८ सय ९४ को मतदाता नामावलीमा नाम रहेको थियो । बरेङ गापामा जम्मा मतदाता र खसेको मतको आधारमा ४८.२७ प्रतिशत मत खसेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ मा जनमोर्चाका चित्रबहादुर केसि, एमालेका सुर्य पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल को उम्मेदवारी रहेको छ भने क्षेत्र नम्बर १ को प्रदेश ख मा कङ्ग्रेसका डिल्लिराम सुवेदी र एमालेका नवराज शर्माको उम्मेदवारी रहेको छ । कसको पक्षमा जित हुने हो मतगणना पछि केही दिनमा थाहा हुने छ । यस पालिकामा स्थानीय तह निर्वाचन २०७९ मा ६ हजार २ सय ६२ मत खसेको थियो । गत वैशाखमा ५८.८९ प्रतिशत मत खसेको थियो । स्थानीय तह निर्वाचनमा भन्दा १० प्रतिशत मत कम खसेको छ ।







