दर्ता. न‌: २४५/०६५/०६६

प्रधानमन्त्री रोजगार कार्यक्रम सन्बन्धी अभिमुखीकरण

०९ मङ्सिर ०७९ । सुखौरा । बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरामा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यून आर्थिक अवस्था भएका व्यक्तिहरुलाई एक सय दिनको रोजगार दिने श्रम  रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको प्रावधान अनुसार रोजगार सेवा केन्द्रले गर्नुपर्ने विभिन्न आयोजनाका काममा प्राथमिकताको आधारमा रोजगार व्यवस्थापन सूचना प्रणालीमा  सूचिकृत बेरोजगार व्यक्तिहरुले काम गर्ने अभिमुखीकरण कार्यक्रममा बताइएको थियो ।
करिब तीस जनाको उपस्तिथि रहेको उक्त कार्यक्रममा श्रमिकले काम गर्नुपर्ने विभिन्न कानुनी कुरा,नीति नियम,प्राविधिक स्टिमेट तथा रोजगारी सम्बन्धि विविध विषयमा रोजगार सेवा केन्द्रका प्राविधिक सहायक कमल आचार्यले बताउनुभएको थियो ।
श्रमिकले काम गर्ने क्रममा इमान्दारी पुर्वक आफू ले सक्ने गरी काम गर्ने,समयको पालना गर्ने र समयमा काम सक्नुपर्ने जस्ता विषयमा पालिकाका प्रवक्ता तुफान पुनले बताउनुभएको थियो ।
सोही वडामा ३० जना श्रमिकले , दैनिक ६ सय ४० रुपैयाँ ज्यालादर पाउने गरी काम गर्ने रोजगार सेवा केन्द्रले जनाएको छ ।
 लघुउद्दम शाखा सङ्ग समन्वय गरी कार्यस्थलमा नै  सिकर्मी तथा डकर्मी तालिम दिदै काम गर्ने योजना समेत बनाएको रोजगार संयोजक केशवराज  क्षेत्रीले बताउनुभएको छ ।
कार्यक्रम वडा अध्यक्ष अमरबहादुर शेरपुर्जाको अध्यक्षता,रोजगार संयोजक केशवराज क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

« बरेङ गाउँपालिकामा ४८ प्रतिशत मत खस्यो «

» रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत बेरोजगारलाई अभिमुखीकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal