रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत बेरोजगारलाई अभिमुखीकरण
२९ मङ्सिर ०७९ । बिहानी संवाददाता,बरेङ । बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यून आर्थिक अवस्था भएका व्यक्तिहरुलाई एक सय दिनको रोजगार दिने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको प्रावधान अनुसार रोजगार सेवा केन्द्रले गर्नुपर्ने विभिन्न आयोजनाका काममा प्राथमिकताको आधारमा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत बेरोजगार व्यक्तिहरुले काम गर्ने,१८ वर्ष माथी देखि ५९ वर्ष सम्मका बेरोजगार व्यक्ती हुनुपर्ने अभिमुखीकरण कार्यक्रममा बताइएको थियो ।
करिब ५० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा श्रमिकले काम गर्नुपर्ने विभिन्न कानुनी कुरा,नीति नियम,प्राविधिक स्टिमेट तथा रोजगारी सम्बन्धि विविध विषयमा रोजगार सेवा केन्द्रका प्राविधिक सहायक कमल आचार्यले बताए ।
साथै श्रमिकले काम गर्ने क्रममा इमान्दारी पुर्वक आफू ले सक्ने गरी काम गर्ने,समयको पालना गर्ने र समयमा काम सक्नुपर्ने जस्ता विषयमा समेत जानकारी गराएका थिए ।
सोही वडामा ३६ जना श्रमिकले , दैनिक ६ सय ४० रुपैयाँ ज्यालादर पाउने गरी काम गर्ने रोजगार सेवा केन्द्रले जनाएको छ
उपस्थित सहभागी सङ्ग अन्तरक्रीया गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सङ्ग सम्बन्धित विषयमा उठेका प्रश्नको समेत समाधान गरिएको रोजगार संयोजक केशवराज क्षेत्रीले बताए ।
कार्यक्रम वडा अध्यक्ष शेर बहादुर खनाल क्षेत्रीको अध्यक्षता,रोजगार संयोजक केशवराज क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।
शाखाले सुखौरा र सल्यानमा काम सुरु गरिसकेको छ भने बाटाकाचौरमा पौष ५ गतेबाट काम गर्ने छ साथै पौष १ गते धुल्लुबास्कोटमा अभिमुखीकरण कार्यक्रम रहेको बताएको छ ।
« प्रधानमन्त्री रोजगार कार्यक्रम सन्बन्धी अभिमुखीकरण «
» उत्कृष्ट काम गर्ने समूहलाई प्रोत्साहन गरिने:- उपाध्यक्ष पुन »







