बागलुङको जैमिनी नगरपालिका राङखानी किटेनी स्थित हिमालयन खेलकूद परिवारको २० औं बार्षिकोत्सव उट्घाटन ।
प्रकाश छन्त्याल, किटेनी । २८ आश्विन २०७५ । बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी किटेनी स्थित “परिबर्तनको लागी एकता, मैत्रीपूर्ण खेल आजको आवश्यकता” भन्ने नाराका साथ हिमालयन खेलकूद परिवारको २० औं बार्षिकोत्सव आईतबार उट्घाटन गरिएको छ ।
बार्षिक उत्सव कार्यक्रमको गण्डकी प्रदेस मामिला सभापति कृष्ण थापाले ब्यानर खोलेर उट्घाटन गर्नु भएको थियो भने खेलको उट्घाटन रिबन काटेर गर्नु भएको थियो । उट्घाटन पश्चात शुभकामना मन्तब्य राख्दै खेललाई मैत्री पूर्णको साथमा हिमालयन खेलकूद परिवारको २० औं बार्षिकोत्सव सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।
खेलकूद परिवारले पुरुष भलिबल प्रतियोगिता,महिला भलिबल प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैंटो फोर प्रतियोगिता तथा आमा समूह नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
बागलुङ दक्षिण भेगको सर्वाधिक धनराशीको चर्चित हिमालयन रनिङ पुरुष भलिबल शिल्ड संगै बिजेता उप बिजेताले नगद,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । भने पुरुष भलिबलको बिजेताले नगद रु ६० हजार र खसी,उपबिजेताले नगद रु ३० हजार र खसी त्यस्तै तृतिय र सान्त्वनाले नगद १०,१० हजार खसी र लोकल भाले प्राप्त गर्ने छन ।
कार्यक्रम हिमालयन खेलकूद परिवारका अध्यक्ष बिरेन्द्र श्रीसको अध्यक्षता र कार्यक्रम संयोजक फटिक कालाथापाको संचालनमा सम्पन्न भएको थियो । भने बार्षिब उत्सव असोज २८ गते देखि असो ३१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
असोज ३१ गते मुल समारोहका दिन बागलुङ जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङगाना,बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा,सामुदायीक रेडियो बिहानीका स्टेशन को अर्डिनेटर तथा साझा खबर गण्डकी प्रदेसका सदस्य प्रकाश छन्त्याल,जन गायक जीबन शर्मा लगाएतको उपस्थिती रहने आयोजकले जानकारी गराएको छ ।
« विहानी बहुउदेश्यीय सहकारी संस्थाको १०औ वार्षिक साधारण सभा सम्पन्न । «