दर्ता. न‌: २४५/०६५/०६६

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ( जिईएसआई ) सम्बन्धी ३ दिने तालिम सुरु

दिपेन्द्र परियार १३ पौस २०७९ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण  ( जिईएसआई  ) सम्बन्धी  ३ दिने तालिम बरेङ गाँउपालिकाको कार्यालय सुदालामासुरु गरिएको छ ।

बरेङ गाँउपालिकाको आयोजना ,फेयरमेड फाउण्डेसन नेपाल एवम् विवाईसि वागलुङको साझेदारीमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजना–स्केल अपको सहयोगमा  सञ्चालित तालिमको बुधबार बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले ब्यानर पढेर उद्धघाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले तालिमबाट आउने दिनहरुमा पालिकाले ल्याउने निति ,योजना तथा कार्यक्रमहरु थप समाबेसी बनाउन मद्दत पुग्ने बिस्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बरेङ गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाले लैंगिक समानता तथा सामाजिक समाबेशिकरण तर्फ  बरेङ गाँउपालिका जिल्ला भरिमा उत्कृष्ट रहेको बताउनु भयो ।

फेयरमेड फाउण्डेसन नेपाल एवम् विवाईसि वागलुङको साझेदारीमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजना–स्केल अप परियोजना संयोजक जानकी पाठकले कार्यक्रमको उद्धेश्य बारे प्रकास पार्दै बरेङ गाँउपालिकामा अब बन्ने योजनाहरुलाई थप लैगिक समानता तथा सामाजिक समाबेशिकरण बनाउनका लागी कार्यक्रमले महत्वपुर्ण भुिमका खेल्ने बताउनु भयो ।

बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितबहादुर रानाको स्वागत मन्तब्य तथा फेयरमेड फाउण्डेसन नेपाल एवम् विवाईसि वागलुङको साझेदारीमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजना–स्केल अपका फिल्ड सुपरभाईजर रामेश्वर शाहको सञ्चालनमा तालिमको उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

३ दिन सम्म सञ्चालन हुने कार्यक्रममा गोभरेन्स एण्ड क्यापासिटी विउल्डिङका (एसडिजिएस) रिसोर्स पर्सन सुर्य न्यौपानेले प्रशिक्षण गर्नुहुने परियोजना का फिल्ड सुपरभाईजर शाहले बताउनु भयो ।

तालिममा बरेङ गाँउपालिकाका जनप्रतिनिधी,कर्मचारीहरु लगाएतको सहभागिता रहेको छ ।

« उत्कृष्ट काम गर्ने समूहलाई प्रोत्साहन गरिने:- उपाध्यक्ष पुन «

» बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal