बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन
दिपेन्द्र परियार १ माघ २०७९। बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन भएको छ ।
मनकामना युवाकलब बरेङ २ सिग्दीले मेलाको आयोजना गरेको मेलाको आईतबार गण्डकी प्रदेशका सांसद कुसुम बुढा पुनमगरले दिप प्रज्वलन गरेर औपचारिक उद्धघाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुन मगरले स्थानिय स्तरमा उत्पादन हुने सामाग्रीलाई बजार सम्म पु¥याएर आम्दानी सँग जोड्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले माघि पर्बले सबैजात जाति भाषा घर्म र समुदायलाई गोलबन्द गर्न मद्त पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।ग्रामिण क्षेत्रमा आयोजना हुने मेलाले सस्कृति संरक्षणमा टेवा पु¥याउने बताउनुभयो ।कार्यक्रमको मनकामना युवाकलब सिग्दिका अध्यक्ष ठगेन्द्र काउचा मगर को अध्यक्षता,कलबका सल्लाहकार मिन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ «
» विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बरेङमा दिप प्रज्वलन »






