दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सञ्चालित माघि मेला सम्पन्न ः नबदुर्गा युवा कलब कालिगण्डकी ७ नयाँगाँउ प्रथम

दिपेन्द्र परियार ३ माघ २०७९ । बरेङमा सञ्चालित माघि मेला सम्पन्न भएको छ । बिभिन्न प्रतिशपर्धात्मक प्रतियोगिता आयोजना गर्दै गत पुस २७ गते देखि सुरुभएको मेला बृहत सास्कृतिक कार्यक्रमहरु सहित मंगलबार सम्पन्न भएको हो ।

मेलामा आयोजना गरिएका बिभिन्न प्रतियोगिता हरुमध्ये पुरुष भलिबल तर्फ नबदुर्गा युवा कलब कालिगण्डकी ७ नयाँगाँउ प्रथम हुदै नगद रु ३५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै थ्रिस्टार युवा कलब कालिगण्डकी गा.पा ७ खनियापाटाले द्धितिय हुदै नगद रु २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ,श्रीजना युवा कलब धुवाखोलाले तृतिय स्थान हासिल गर्दै नगद रु १५ हजार मेडल र  प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै महिला भलिबल प्रतियोगितामा बानपाको टिम बिजेता बन्दै नगद रु १५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने ,मंगलापुर युवा बिकास केन्द्र गुरुङधारा उपबिजेता बन्दै १० हजारमा चित्त बुझाएको छ ।

यस्तै डान्स आईडल प्रतियोगितामा बरेङ २ का रुबिन परियारले आईडलको उपाधी उचालेका छन उनले नगद ३० हजार डान्स कप प्राप्त गरेका छन । सिग्दीका ज्योतिकाउचा फस्ट रनरअप हुदै १० हजार प्राप्त गरेकी छन त्यस्तै टप ५ मा पर्न सफल सन्तोस छन्त्याल,अनु र सीजन गुरुङ,दिपीसा थापाले नगद पाँच पाँच हजार मेडल र प्रमाण पत्र,टप ८ मा पर्न सफल सृष्टि काउचा,यमुना श्रीस र अस्मीता थापाले नगद ३ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।मेलामा स्थानिय तथा राष्ट्रिय कलाकार हरुको सांगितिक प्रश्तुति रहेको थियो ।

हरेक बर्ष माघ १ गते माघेसक्रान्तिका अबसर पारेर बरेङ २ सिग्दीको मनकामना युवा कलबले मेलाको आयोजना गर्दै आईरहेको छ ।

« विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बरेङमा दिप प्रज्वलन «

» सामाजिक सञ्जालमा फस्टाँउदो ठगी धन्दाबाट सचेत रहन प्रभु बैंक बरेङ शाखाको अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal