सामाजिक सञ्जालमा फस्टाँउदो ठगी धन्दाबाट सचेत रहन प्रभु बैंक बरेङ शाखाको अनुरोध
भुमा मगर ५ माघ २०७९। सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी ठुलो धनराशिको चिठ्ठा परेको भन्दै प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै प्रभु बैंक बरेङ शाखाले सर्वसाधारण लाई सचेत रहन आग्रह गरेको छ ।
विशेष गरी ग्रामिण भेगका सर्वसाधारणहरु यस्ता प्रलोभनबाट प्रभावित हुने र ठगिने क्रम बढिरहेको भन्दै प्रलोभनमा नपर्न बरेङ शाखाले अनुरोध गरेको हो ।
प्रभु बैंक बरेङ शाखाका शाखा प्रमुख प्रशान्त शर्माले केहि ग्राहकहरु आफुलाई ठुलो धनराशिको चिठ्ठा परेको र त्यो रकम पाउन आफुले केहि रकम जम्मा गर्नुपर्ने भन्दै प्रलोभनमा परेर बैंकमा आएकाले त्यस्तो प्रलोभनमा नपर्न अनुरोध गर्नुभएको छ ।
अपरिचित कुनैपनि व्यक्तिले ठुलो धनराशिको चिठ्ठा परेको वा अन्य प्रलोभनहरु देखाई पैसा पठाउन लगाउने वा बैंकको खाता नम्बर वा बैंकिङ कारोबार संबन्धि ओटिपिहरु मागेमा कसैलाई पनि सेयर नगर्न सचेत गराउनुभयो ।
« बरेङमा सञ्चालित माघि मेला सम्पन्न ः नबदुर्गा युवा कलब कालिगण्डकी ७ नयाँगाँउ प्रथम «







