दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न ५ सुखौराको भेला सम्पन्न, सेरपुर्जाको अध्यक्षतामा १३ सदस्यिय राजमो वडा कमिटि गठन

दिपेन्द्र परियार १५ माघ २०७९। राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न ५ सुखौराको भेला सम्पन्न भएको छ ।

आईतबार सुखौराको हुलडाडामा सम्पन्न भेलाले चित्र बहादुर सेरपुर्जाको अध्यक्षतामा १३ सदस्यिय राजमो वडा कमिटि गठन गरेको छ ।समितिको उपाध्यक्षमा राजन पुन,सचिबमा तुफान पुन,सहसचिबमा छबि पौडेल,कोषाध्यक्षमा सिता थापा, तथा सदस्यहरुमा टेक बहादुर पुन,पदम नेपाली,गुमान खत्री,पुरन सुनार,ऐती अर्मजा,भबिसरा सेरपुर्जा चयन हुनु भएको छ ।त्यस्तै समितिको सल्लाहकारमा टिकाराम शर्मा र बल बहादुर थापा रहनु भएको छ ।

भेलालाई सम्बोधन गर्दै राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले हालै सम्पन्न दुबै तहको निर्बाचनमा सकृय सहभागिता जनाउनु भएका सम्पुर्ण मतदाताहरुलाई धन्यबाद दिनु भयो ।

कार्यकर्तालाई प्रशिक्षण गर्दै ढुङगानाले बरेङमा राजमो पर्तिको जनलहर कायमनै रहेको उल्लेख गर्दै कार्यकर्तालाई अझै जोस जाँगरका साथ संगठन निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।

राजमो जिल्लासमिति बागलुङले तय गरेको बिभिन्न कार्यक्रम अन्तर्गत भेलाको आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना,राजमो जिल्लासमिति सदस्य तथा बरेङ गाँउपालिका वडा न २ का वडा अध्यक्ष हिरा बहादुर घर्ति,राजमो बरेङ गाँउपालिका उपाध्यक्ष  तथा बरेङ गाँउपालिका वडा न १ धुल्लुबास्कोटका वडा अध्यक्ष नरसेङ पुनको बिशेष उपस्थिति रहको थियो ।भेला टिकाराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

« सामाजिक सञ्जालमा फस्टाँउदो ठगी धन्दाबाट सचेत रहन प्रभु बैंक बरेङ शाखाको अनुरोध «

» सुखौराका बिभिन्न कार्यलयहरुमा सिसि क्यामरा मार्फत निगरानी सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal