सुखौराका बिभिन्न कार्यलयहरुमा सिसि क्यामरा मार्फत निगरानी सुरु
दिपेन्द्र परियार १५ माघ २०७९। सार्बजनिक सेवा प्रवाहलाई प्रभाकारी बनाउन बरेङ को सुखौराका बिभिन्न कार्यलयहरुमा सिसि क्यामरा मार्फत निगरानी सुरु भएको छ ।
सरकारी कार्यलय मातहतका वडा कार्यालय,महेन्द्र माबि ,सुखौरा स्वास्थ्य चौकी,लगायत मुख्य सडकको चोकमा समेत सिसि क्यामरा जडान गरेर निगरानी सुरु गरिएको बरेङ गाँउपालिका वडा न ५ सुखौका वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाले बताउनु भयो ।
सिसि क्यामेरा मार्फत बिद्यालय,स्वास्थ्य सस्था तथा वडा कार्यलयमा भैरहेका गतिबिधी, हरु बारे वडा कार्यालयमै बसेर जानकारी लिन सहज भएको अध्यक्ष सेरपुर्जाको भनाई रहेको छ । कार्यालयमा भैरहेका गतिबिधि हरु बारे निगरानी गरेर निर्देशन समेत दिने गरेको बताउदै सार्बजनिक सेवा प्रबाहलाई थप चुस्त दुरुस्त तथा प्रभाबकारी राख्न तथा अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न मद्दत पुगेको उहाँको भनाई छ ।
» सर्वोदय माध्यमिक विद्यालयको तिर्सना स्मृति अक्षय कोष मार्फत ३ जना बिद्यार्थि पुरस्कृत »







