सर्वोदय माध्यमिक विद्यालयको तिर्सना स्मृति अक्षय कोष मार्फत ३ जना बिद्यार्थि पुरस्कृत
भुमा मगर १७ माघ २०७९। बरेङको सर्वोदय माध्यमिक विद्यालयमा स्थापना गरिएको तिर्सना स्मृति अक्षय कोष मार्फत ३ जना बिद्यार्थि पुरस्कृत भएका छन ।
मंगलबार बिद्यालयमा एककार्यक्रमको आयोजना गरेर यस वर्षको तृसना स्मृति अक्षय कोषबाट कक्षा ७ देखि कक्षा ८ मा प्रथम भएर जाने एक जना तथा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने बिद्यार्थिहरु मध्येबाट गरिब तथा जेहेन्दार २ जना सहित तिन जना बिद्यार्थि पुरस्कृत भएका हुन ।
चालु शैक्षिक सत्रमा कक्षा ७ बाट प्रथम भएर कक्षा ८ मा जाने आषिका थापा र गरिब तथा जेहेन्दार विद्यार्थी तर्फ छात्र मौसम थापा र छात्रा सलिना पुनलाई नगद रु दुई दुई हजार का दरले रकम प्रदान गरिएको हो ।
रकम प्रदान गर्दै स्वर्गिय तृसना पुनका बाबा तथा तिर्सना स्मृति अक्षयकोष संरक्षक तेज बहादुर पुनले छोरी तिर्सनाको उच्च शिक्षा हासिल गर्ने ईच्छा अधुरै रहेपनि उनले देखेका सपनाहरु पुरा गर्न सम्पुर्ण बिद्यार्थिलाई अनुसासित र लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।भाबि दिनहरुमा तिर्सना स्मृती अक्षयकोषलाई अझै बृद्धि गर्दै लैजाने समेत उहाँले बताउनु भयो ।
२०७४ सालमा ५१ हजार १ सय ११ रुपियाबाट स्थापना भएको तृसना स्मृति अक्षय कोष लाई बृद्धि गर्दै अहिले १ लाख ५१ हजार १ सय ११ रुपियामा पु¥याएको उहाँको भनाई छ ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक चित्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सर्बोदय माबिको कक्षा ८ मा अध्ययनरत बरेङ गाँउपालिका वडा न २ गेरढुङगा निबासी स्वर्गिय तिर्सना पुन मुटुरोग बाट पिडित हुनुहुन्थ्यो ,उहाँको २०७३ साल माघ १७ गते बिद्यालय समयमा असामायिक निधन भएको थियो ।
« सुखौराका बिभिन्न कार्यलयहरुमा सिसि क्यामरा मार्फत निगरानी सुरु «
» बरेङका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय सञ्चालन सम्बन्धि अभिमुखिकरण »







