चौताराबासीले गोरेटो बाटो निर्माण गरे ।
केशब राज क्षेत्री, बरेङ । २९ आश्विन २०७५ । नेपालीहरुको महान पर्व दशँै नजिकिए संगै बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर स्थित चौताराबासीले सोमबार मुलाघाट, खानीगैरा, पोखराचौर, नेटास्थित खडगदेवि मन्दिर परिसरसम्म गोरेटो बाटो निर्माण साथै सरसफाई कार्य सम्पन्न गरेका छन् ।
करिब ३० घरधुरी रहेको सोही गाउँका जनताहरुले एक घर एक व्यक्ति गरी बाटो सरसफाई कार्य गरेका हुन् । गाउँमा सरसफाई कार्य निरन्तर गरेतापनि अहिले भने दशैँ नजिएकाले गाउँ वरपरको गारेटो बाटो मर्मत गरिएको स्थानीय चेतनारायण शर्माले बताएका छन् ।
» कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमका लागि प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण । »