बरेङका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय सञ्चालन सम्बन्धि अभिमुखिकरण
दिपेन्द्र परियार २० माघ २०७९। बरेङका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय सञ्चालन सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
बिद्यालयमा हुने सबैखाले क्रियाकलापहरुलाई सहजता ल्याउदै प्रभाबकारी तरिकाले सञ्चालन गर्न तथा बिद्यालय ब्यबस्थापन समितिको क्षमता अभिबृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
बिद्यालय ब्यबस्थापन समिति गठन,बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धि ,सामुदायिक बिद्यालय ब्यबस्थापन समितिको काम ,कर्तब्य र अधिकार सम्बन्धि,शिक्षक अभिवावक संघको काम कर्तब्य र अधिकार ,बिद्यालय कोष सञ्चालन लगाएतका बिषयमा बरेङ गाँउपालिकाका शिक्षा प्राबिधिक सहायक बिष्णु प्रसाद न्यौपानेले सहजिकरण गर्नुभयो ।
बिद्यालयमा निकासा हुने रकम तथा कार्यान्वयन बारे जानकारी लगायत अन्य बिषयमा पालिकाका निमित्त प्रमुख प्रसाषकिय अधिकृत शुर्य प्रसाद शर्माले सहजिकरण गर्नुभयो ।
कार्यक्रममा बरेङका अधिकांस बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धौलागिरि प्रा.बि सल्यानका ब्यबस्थापन समितिका अध्यक्ष तथा सल्यान सुखौरा माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका सदस्य अमृत गौतमले आफुले सिकेका कुराहरु ब्यबाहारमा लागु गर्नुपर्ने बताउनु भयो ।कार्यक्रमले बिद्यालयमा हुने गतिबिधिहरुका बारे धेरै कुराहरु जान्ने बुझ्ने अबसर मिलेको बताउनु भयो । सहभागिहरुले राखेका जिज्ञासाहरुमाथि शर्माले प्रष्ट पार्नुभएको थियो ।कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको सहभागिहरुको भनाई छ ।
« सर्वोदय माध्यमिक विद्यालयको तिर्सना स्मृति अक्षय कोष मार्फत ३ जना बिद्यार्थि पुरस्कृत «







