राष्ट्रिय जनमोर्चाका केन्द्र तथा जिल्लाका नेताहरु भोली बरेङमा आउदै ःस्थानिय नेता कार्यकर्ता उत्साहित
दिपेन्द्र परियार २० माघ २०७९। राष्ट्रिय जनमोर्चा बरेङले आयोजना गरेको पालिका स्तरिय सम्मेलनको तयारी पुरा भएको छ ।
आज बरेङबजारमा पत्रकारहरु सँग भेटघाट कार्यक्रम गर्दै भोली शनिबार बरेङ बजारमा सम्पन्न हुन लागेको पालिका स्तरिय बृहत सम्मेलनको सबै तयारी पुरा भएको राजमो बरेङका सचिब पुर्ण बहादुर पुनले बताउनु भयो ।
सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना, राजमो बागलुङ जिल्ला अध्यक्ष तथा बागलुङ जिल्ला समन्वय प्रमुख अमर थापा, राजमो बागलुङ जिल्ला समिति सचिब भिललाल पोखरेल लगाएतका नेताहरुले सम्बोधन गर्नेछन । सम्मेलनमा बरेङ गाँउपालिकाका ५ वटै वडाका प्रतिनिधिहरु नेता कार्यकर्ता हरुको सहभागिता रहने छ भने रक्तिम सास्कृतिक अभियानका कलाकारहरुको बेजोड साङगितिक प्रश्तुति रहने राजमो बरेङले जानकारी दिएको छ । सम्मेलन भब्य रुपमा सफल पार्नका लागी सम्पुर्ण बरेङ बासी नागरिकलाई बरेङबजारको उत्तर पट्टी रहेको खेलमैदानमा उपश्थित हुन पनि राजमो बरेङले आब्हान गरेको छ । सम्मेलनलाई बरेङमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
« बरेङका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय सञ्चालन सम्बन्धि अभिमुखिकरण «
» अमेरिकाले नेपालमा एमसिसि लागु गर्न रबि लामिछानेलाई एजेण्ट को रुपमा प्रयोग गरेको ढुङगानाको भनाई »







