दर्ता. न‌: २४५/०६५/०६६

अमेरिकाले नेपालमा एमसिसि लागु गर्न रबि लामिछानेलाई एजेण्ट को रुपमा प्रयोग गरेको ढुङगानाको भनाई

दिपेन्द्र परियार २१ माघ २०७९। राजमो केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज राजेन्द्र ढुङगानाले अमेरिकाले नेपालमा एमसिसि लागु गर्नका लागी रबि लामिछानेलाई एजेण्ट को रुपमा प्रयोग गरेको बताउनु भएको छ ।

आज शनिबार राष्ट्रियजनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलनमा शुभकामना मन्तब्य राख्दै ढुङगानाले राष्ट्रिय स्वतन्त्र पार्टिको उदय र छोटो समयमा उसले पारेको प्रभाबारे चर्चा गर्दै  अमेरिकाको योजना अनुसारनै लामिछाने नाटकिय रुपमा नेपालको गृह मन्त्रि बनेको  बताउनुभएको हो । 

लामिछानेमार्फत अमेरिकाले बिदेशि रकम नेपाल भित्राएर नेताहरु लाई प्रभाबमा पारेको आसंका ब्यक्त गर्नुभयो । नेपालको संबिधान अनुसार कुनैपनि नागरिकले दोहोरो नागरिकता प्राप्त गर्न नसक्ने भन्दै लामिछानेको नागरिकताको बिषयमा सर्बोच्च अदालतले गरेको निर्णयको राजमोले स्वागत गरेको बताउनु भयो । रबिका गतिबिधिले जनताको बिश्वास गुमाईसकेको बताउनु भयो ।अहिलेको गठबन्धन अपबित्र भन्दै सरकारको आयु समेत लामो नरहेको ढुङगानाले ठोकुवा गर्नुभयो ।

शुभकामना मन्तब्य राख्दै राजमो बागलुङजिल्ला अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख अमर थापाले नेपालीको जनआन्दोलबाट प्राप्त भएका उपलब्धीहरुको भारतको ईसारामा केपी ओलीले ध्वस्त पार्न लागीपरेकोले ५ दलिय गठबन्धनमा जानुपरेको जिकिर गर्नुभयो ।

हिजो प्रतिगम भनेर आन्दोलन मा सहभागि भएका दलहरु सत्ता स्वार्थका फेरी उनै सँग साँठगाँठ गर्नेहरुले प्रतिगमन काँहा निर सच्चियो जनतालाई उत्तर दिनु पर्ने बताउनु भयो । देशमा भैरहेको पछिल्लो राजनैतिक घटनाक्रमले देशमा महंगी  भ्रटाचार ,असान्ती र अराजकता फैलिरहेको बताउनु भयो ।

नेपालमा संघियता असफल भैसकेको बताउदै सबै पार्टिका नेताहरुले खुलेरै संघियताको बिरुद्धमा बोल्न लेख्न सुरु गरिसकेको बताउनु भयो ।संघियताले वडा अध्यक्ष हुन नचाहने ,केन्द्रमा सांसद हुन नसक्ने नेताहरुको प्रदेशमा राम्रो ब्यबस्थापन गरेको भन्दै काम न काजको प्रदेश खारेज गर्नुपर्ने बताउनु भयो ।

चालु आर्थिक बर्षमा कुस्मीसेरा देखि राङखानीको देवलधारा सम्मको मोटरबाटो ग्राबेल हुने बताउनु भयो । उपलब्ध स्रोत साधनहरुको सदुपयोग गर्दै जिल्लाभरिनै बिकासनिर्माणका कार्यहरु समानरुपमा अगाडि बढिरहेको उहाको भनाई छ ।

राजमो बागलुङ का सचिब भिमलाल पोखरेलले नागरिकका सपनाहरु पुरा गर्न राजमोका जनप्रतिनिधिहरु लागीरहेको बताउनु भयो ।

राजमो जनतालाई अप्ठ्यारो पर्दा सधै साथमा रहेको बिगदको सम्झना गर्दै निर्बाचनको समयमा बिभिन्न प्रलोभन देखाउनेहरु बिकास बिरोधि भएको बताउनुभयो ।

स्वतन्त्रको नाममा अराजक तत्वहरु राजनितिमा आएको भन्दै तिनिहरुबाट राजनैतिक परिवर्तन सम्भब नरहेको बताउनु भयो ।परिवर्तन राजमोबाट मात्रै सम्भब भएको उल्लेख गर्नुभयो । महिला युवा,बिद्यार्थि,किसान मजदुरको पार्टि राजमोभएकाले संगठनमा आबद्ध हुनका लागी अनुरोध गर्नुभयो ।

बरेङमा राजमो बाघ भएको उद्धघोष गर्दै पोखरेलले बाघ बस्ने ठाँउमा स्यालहरुको कुनै स्थान नरहने बताउनु भयो ।

शुभकामना मन्तब्य राख्दै जैमिनि नगरपालिकाका मेयर नर बहादुर पुनले नेपालको अर्थतन्त्र टाट पल्टिरहेको अबस्थामा श्रमको बृद्धि नगरेसम्म नेपालको अर्थतन्त्र सुधार नहुने बताउनु भयो ।दैनिक रुपमा हजारौ युवाहरु बिदेशिन बाध्य भैरहेको अहिलेको अबस्थालाई स्थानिय सरकारले कुनैपनि हालतमा रोक्न नसक्ने बताउनु भयो ।त्यसका लागी केन्द्र सरकारबाटै प्रभाबकारी कदम चाल्नुपर्ने उहाँको भनाई छ ।

राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले ब्यानर पढेर सम्मेलनको उद्धघाटन गर्नुभयो ।

राष्ट्रियजनमोर्चा बरेङ गाँउपालिकाका अध्यक्ष तथा बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष हिराबहादुर घर्तिको अध्यक्षता राजमो वडा न २ का अध्यक्ष चन्द्र बहादुर श्रीसको सञ्चालनमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

« राष्ट्रिय जनमोर्चाका केन्द्र तथा जिल्लाका नेताहरु भोली बरेङमा आउदै ःस्थानिय नेता कार्यकर्ता उत्साहित «

» राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलन बरेङ बजारमा सम्पन्न ः पुर्ण बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय समिति चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal