ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ ः साबधान रहन पालिकाको अनुरोध
दिपेन्द्र परियार २२ माघ २०७९। बरेङ गाँउपालिका १ धुल्लुबास्कोट ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सनिबार बिहान बरेङ गाँउपालिका १ धुल्लुबास्कोट ओखरेनी निबासी बर्ष ६६ कि रन्जती मगर्नीलाई बेहोस बनाएर दुबैकानमा लगाएकोे दुई तोलाको कुण्डल लुटेर भागेका कालिकोटको शुभकालिका गाँउपालिका ७ कुम्ठेलबाडा बस्ने बर्ष ३४ को हस्त बहादुर साही लाई स्थानिय युवाहरुले जैमिनि नगरपालिका १० फलाटेको एक पाटे बाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्र्र्यालय बरेङमा बुझाएको स्थानिय युवा प्रेम थापाले बताउनु भयो ।
जडिबुटी बेच्दै हिडेका लुटेरा साहिले महिलालाई घरमा एक्लै भएको मौका पारी जडिबुटीको औसधी किन्न अनुरोध गरेको महिलाले ६ हजारमा ढाडजोर्नी दुख्ने औसधी किनेको ३ हजार नगद दिएको र ३ हजार बैसाखमा दिने सहमति भएको थियो, त्यसपछि फुकफाक पनि गर्दिन्छु भनी घाटि टाउकोमा मसारमुसुर गरि बेहोस गराएर कानमा लगाएका गरगहना लुटेर भागेका थिए । लुटेरा भागेको केही समयपछि बृद्ध थाहा पाएको र स्थानियलाई तुरुन्त जानकारी गराएपछी नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यलय बरेङले जानकारी दिएको छ । यसैबिच बरेङ गाँउपालिकाले गाँउघरमा जडिबुटि ,लत्ताकपडा,बोकेर बेच्दै हिड्ने झोले ब्यापारिहरु देखि साबधान रहन सम्पुर्ण नागरिकलाई अनुरोध गरेको छ ।गाँउघरमा कुनैपनि ब्यापार ,तथा झारफुकको नाममा नयाँतथा संकास्पद ब्यक्ति देखेमा प्रहरी लाई खबर गर्न वा वडा कार्यालय ,गाँउपालिकाको कार्यलय,वा जनप्रतिनिधिलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।







