दर्ता. न‌: २४५/०६५/०६६

हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न

दिपेन्द्र परियार २५ माघ २०७९। बागलुङको बरेङ गाँउपालिकामा हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ । 

बागलुङ जिल्लामा १४ औं पटक आम औषधि सेवन अभियान चलाउने सन्दर्भमा बरेङमा पनि पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दैै बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन ले चौधौ पटकको कार्यक्रम बिगतमा भन्दा फरक रहेको बताउनु भयो । हात्तीपाईले रोग बिरुद्धको आम औसधी सेवन अभियानका क्रमम पहिले भएका कमीकमजोरिहरुलाई सुधार गर्दै यो पटकको आम औसधी सेवन कार्यक्रमलाई पालिका भित्ररहेका सबै संघ सस्था,जनप्रतिनिधी,राजनैतिक दलहरु लगाएत सरोकारवालाहरुले अन्यन्तै प्रभाबकारी बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

स्वास्थ्यकर्मीहरुका लागी नभएर नागरिकले आफु स्वस्थ्य रहन र आफ्नो स्वास्थ्य राम्रो बनाउन पनि हात्तिपाईले रोग बिरुद्धको औसधी खानुपर्छ भन्ने सोचका साथ सबैलाई ढुक्क भएर औसधी खान अनुरोध गर्नुभयो ।

यस अगाडि औसधी खुवाउने क्रममा कतिपय स्थानमा जनसमुदायहरुबाट नै अबरोध  पनि भएकाले सबै संघसस्था ,कर्मचारी,जनप्रतिनिधी लगाएत समाजसेवीहरुले आफ्नो ठाँउबाट हात्तिपाईले रोग बिरुद्धको औसधी खुवाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

एक ठाउँमा हात्तिपाइले संक्रमण देखिएमा जिल्लाभर नै आम औषधि सेवन गर्नुपर्ने भएकाले यसबारेमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । 

कार्यक्रमको स्वास्थ्य कार्यलय बागलुङकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले सहजीकरण गर्दै हात्तिपाईले रोगको एक मात्रै उपचार भनेको औसधी सेवन नै भएकाले सबैले छुटाईकन औसधी खानुपर्ने बताउनु भयो । 

अहिले दुई जिल्लाले दुई प्रकारको तथा अन्य ११ जिल्लामा ३ प्रकारको औसधी खुवाईने छ १४ औ पटकको अभियान पनि असफल भएमा नौ वटा ट्याबलेट औसधी खानुपर्ने शर्माले बताउनु भयो ।

बागलुङ जिल्लाभर फागुन ११ गते देखि २५ गतेसम्म हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदै छ । 

गोष्ठीमा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले यसअघि हात्तिपाइले संक्रमण बिरुद्धको औसधी पटक पटक खाएको र खुवाएको अनुभव पनि बटुलेको भन्दै सबैलाई नछुटाईकन औसधी खान र खुवाउन बिस्तृत कार्ययोजना बनाएर  लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।गोष्ठीमा बरेङ गाँउपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन पाँचवटै वडाका वडाअध्यक्षहरु,अन्य जनप्रतिनिधीहरु, बिद्यालयका प्रधानाध्यापकहरु,राजनैतिक दलका प्रतिनिधी,स्वास्थ्यकर्मिहरु लगाएतको सहभागिता रहेको थियो ।

हात्तिपाइले रोग विरुद्धको औषधि २ बर्ष मूनीका बालबालिका, गर्भवती, ७ दिन नपुगेको सुत्केरी र ओछ्यानमा थला परेका विरामीहरु बाहेक सबैले खान सकिने छ । यो औषधिले कुनै पनि असर नगर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

« ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ ः साबधान रहन पालिकाको अनुरोध «

» हात्ती पाईलेको औसधी सबैले खाऔ, यो वर्षलाई अब अन्तिम बनाऔ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal