दर्ता. न‌: २४५/०६५/०६६

हात्ती पाईलेको औसधी सबैले खाऔ, यो वर्षलाई अब अन्तिम बनाऔ

दिपेन्द्र परियार ३ फागुन २०७९। हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा हुग्दिसिर स्वास्थ्य चौकीले समुदाय भेटघाट तथा योजना तर्जुमा कार्यक्रम गरेको छ ।

बागलुङको बरेङ गाँउपालिका हुग्दिसिर स्वास्थ्य चौकीममा बुधवार हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको सन्दर्भमा महिला स्वास्थ्य स्वमंसेवक तथा समुदायका मानिसहरुलाई हात्तीपाईले रोग बिरुद्धको औसधी सेवन बारे जानकारी गराईएको हो । 

भेटघाट तथा छलफल कार्यक्रमले समुदायमा रहेका सम्पुर्ण नागरिकलाई नछुटाईकन औसधी सेवन गराउने सम्बन्धमा छलफल गर्दै योजना तय गरेको छ ।कार्यक्रममा सहभागिहरुले हात्तिपाईले बिरुद्धको औसधि खुवाउन सक्दो सहयोग गर्ने बताएका छन ।

बागलुङ जिल्लामा १४ औं पटक आम औषधि सेवन अभियान चलाउने सन्दर्भमा बरेङमा पनि पालिका स्तरीय, वडा स्तरिय तथा टोल स्तरिय बिभिन्न कार्यक्रम भैरहेका छन ।

यस भन्दा अगाडि केहि स्थानका सिमित ब्यक्तिले औसधी सेवन नगर्दा जिल्लाभरिका नागरिकले चौधौं पटक सम्म औसधी खानुपर्ने बाध्यता रहेकोले अहिलेको अभियान पनि असफल भएमा उचाई नापेर नौ वटा ट्याबलेट औसधी खानुपर्ने भन्दै अहिले कुनैपनि हालतमा सबैले औसधी खानुपर्ने र खुवाउनु पर्ने स्वास्थ्यकर्मिले बताएका छन  ।

बागलुङ जिल्लाभर फागुन ११ गते देखि २५ गतेसम्म हात्तिपाइले रोग विरुद्धको आम औषधि खुवाईदै छ । हात्तीपाईले बिरुद्धको औसधी ,२ बर्ष नपुगेका बालबालिकाहरु ,गर्भवती आमाहरु र सातदिन सम्मका सुत्केरी आमाहरु ,सिकिस्त बिरामीहरु,थलापरेको २४ घण्टा भित्रमा कडा ज्वरोे आएका मानिसहरु,कडा कुपोषण भएका ५ वर्ष मुनिका बालबालिकाहरु र छारे रोगका विरामीहरुले खानु हुदैन ।

« हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न «

» विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal