दर्ता. न‌: २४५/०६५/०६६

विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते

बिद्या मगर ३ फागुन २०७९। ज्ञानोद्धय आधारभूत विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते मनाउने।

बरेङ (३ बाटाकाचौर बागलुङमा अबस्थित विद्यालयको विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको पहिलो संयुक्त बैठकले बिभिन्न निर्णय गर्दै  ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते मनाउने भएको हो।

त्यस्तै आ.व.२०७९।०८०मा वडा कार्यालय बाट प्राप्त योजनाको कार्य सम्पन्न र आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।

विद्यालयमा सञ्चालित दिवा खाजा लाई थप व्यवस्थापन को लागि अभिभावक सँग  सहकार्य गर्ने तथा  विषयगत रेडियो क्विज प्रतियोगिता मा थप पुरस्कारको व्यवस्था समेत गर्ने निर्णय गरिएको छ ।

बैठकले नव निर्वाचित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ लाई प्रमाण पत्र प्रदान सहित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरिएको छ।

सोही अबसरमा प्रधानाध्यापक मदन बहादुर कार्कीले सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै   आगामी दिनमा विद्यालयले लिएको नीति कार्यक्रम तर्जुमा र कार्यान्वयनका साथ शैक्षिक, भौतिक, आर्थिक, सामाजिक सुधार तथा गुणस्तर वृद्धिमा साथ सहयोग को लागि सबैमा अनुरोध गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता  वडा सदस्य तथा शिक्षक अभिभावक संघ का अध्यक्ष टेक बहादुर थापाको विशेष आतिथ्यता , शिक्षक हुमनाथ न्यौपाने र भीम कुमारी कार्कीले निर्णय अभिलेखीकरण गर्नु भएको कार्यक्रम प्रधानाध्यापक मदन बहादुर कार्की को सञ्चालनमा सम्पन्न भएको बिद्यालयले जानकारी दिएको छ ।

« हात्ती पाईलेको औसधी सबैले खाऔ, यो वर्षलाई अब अन्तिम बनाऔ «

» सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal