दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न

भुमा मगर ७ फागुन २०७९। सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस बिभिन्न कार्यक्रम सहित आज आइतबार सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अबसरमा बोल्दै प्रमुख अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सर्बोदय मा.बि .को निर्माणाधिन भवन केहि समयमै सम्पन्न हुने बताउदै  अब बिद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धि गर्नतर्फ लाग्नु पर्ने बताउनु भएको छ । शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले मात्रै शैक्षिक गुणस्तर कायम गर्न सकिने शर्माको भनाई थियो ।

कार्यक्रममा पुरुषोद्धय माबिका शिक्षक नाम बहादुर थापा,भृकुटि माध्यमिक बिद्यालयका प्रधानाध्यापक रुपनारायण शर्मा लगायतका बक्ताले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक चित्र थापाले विद्यालयको आर्थिक ,शैक्षिक प्रगतिप्रतिवेदन तथा भावि कार्यक्रम प्रस्तुत गर्नुका साथै शिक्षक कर्मचारी सम्मानको घोषणाको सुचक प्रस्तुत  गर्नूभएको थियो । 

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका अन्तरबिद्यालय स्तरिय विभिन्न प्रतियोगिता तथा कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान, गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्ंथापक ,जग्गादाता ,अक्षयकोषदाता चन्दादाता अतिथिहरु,सर्वोदय क्याम्पस प्रमुख तथा बरेङ स्थित कार्यालय प्रमुखहरु,बर्तमान समितिका पदावधिकारीहरु र शिक्षक अभिभावक सङ्घका पदावधिकारीहरु,भुपु विद्यालय व्यवस्थापन समितिका पदावधिकारीहरु र शिक्षक अभिभावक सङ्घका पदावधिकारीहरु तथा विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको मुल समारोह पालिका अध्यक्ष शर्माको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता र विद्यालयका शिक्षक द्धय पुर्णभद्र शर्मा र लेखान्त पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुति समेत राखेका थिए ।

« विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते «

» सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal