दर्ता. न‌: २४५/०६५/०६६

शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरु सम्मानित

सबिना पौडेल ८ फागुन २०७९ ।सर्बोदय माबि बरेङले आफ्नो ६२ औ बार्षिकोत्सबको अबसरमा शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ ।

चालु शैक्षिक सत्रमा बिद्यालयमा शैक्षिक सिकाई क्रियाकलापमा महत्वपुर्ण भुमिका खेल्ने शिक्षक,बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी महत्वपुर्ण योगदान पु¥याउने कर्मचारीहरुलाई प्रोत्साहन गर्नका लागी सम्मान गरेको हो ।

बिद्यालय परिवारले निर्धारण गरेका बिभिन्न सुचकहरु पुरागर्दै आधारभुत तह तर्फ शिक्षक हरु हिमा थापा,गम बहादुर थापा,माध्यमिक तह तर्फ शिक्षक ओम बहादुर पुन,गिरि बहादुर पुन,दिपा राना,बाल शिक्षक सुसिला पुन,लाई सम्मान गरिएको छ । त्यस्तै सर्बोउत्कृष्ट कर्मचारीमा बिद्यालयका लेखा साहयक कल्पना क्षेत्री सम्मानित हुनुभएको छ ।उत्कृष्ट कर्मचारीमा प्रेम कुमारी गलामी,सबैभन्दा धेरै हाजिर हुनेमा कार्यालय सहयोगी डम्बर बहादुर थापा सम्मानित हुनुभएको छ । कार्यक्रमको अबसरमा रेडियो बिहानी बाट सञ्चालित बिषयगत बिहानी क्वीज कार्यक्रममा बिजेता बन्न सफल सलिना थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

« सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न «

» बरेङको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयलाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal