बरेङको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयलाई
भुमा मगर
०९ पुस २०७९ ।
मङ्गलबार बरेङ बजारमा सम्पन्न चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयले हात पारेको छ ।
मङ्गलबार बरेङ बजारमा सञ्चालन गरिएका विभिन्न प्रतियोगिताहरुमा ११ स्वर्ण ,४ रजत ,४ कास्य पदक प्राप्त गर्दै महेन्द्र माध्यमिक विद्यालयले प्रथम स्थान हाँसिल गर्दै उपाधि उचाल्न सफल भएको हो ।
त्यस्तै ५ स्वर्ण , ६ रजत र ५ कास्य पदक प्राप्त गर्दै पुरुषोदय माध्यमिक विद्यालय बराहकोट द्धितिय भएको छ ।
४ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गर्दै बाटाचौरको शारदा माध्यमिक विद्यालय तृतिय स्थान हाँसिल गरेको छ ।
३ स्वर्ण,१ रजत र २ कास्य पदक प्राप्त गर्दै हुग्दिशिरको भृकुटि माध्यमिक विद्यालय सान्त्वना बनेको छ ।
आयोजित प्रतियोगिता अन्तर्गत भलिबल खेलमा छात्रतर्फ शारदा माध्यमिक विद्यालय बरेङ गाउँपालिका–३ बाटाकाचौर विजेता र सर्वोदय माध्यमिक विद्यालय बरेङ उपविजेता बनेको छ । छात्रातर्फ भृकुटि माध्यमिक विद्यालय हुग्दिशिर विजेता र सर्वोदय माध्यमिक विद्यालय बरेङ उपविजेता बनेको छ ।
यस्तै छात्रतर्फको १०० मिटर दौडमा महेन्द्र माध्यमिक विद्यालयबाट त्रिजन शेरपुर्जा प्रथम, पुरुषोदय माध्यमिक विद्यालयबाट चलन थापा द्धितिय,२०० मिटर दौडमा पुरुषोदय माध्यमिक विद्यालयबाट विश्व पुन प्रथम र शारदा माध्यमिक विद्यालयबाट रोशन क्षेत्री द्धितिय, ४०० मिटर दौडमा शारदा माध्यमिक विद्यालयबाट टिका परियार प्रथम, पुरुषोदय माध्यमिक विद्यालयबाट सुमन श्रीस द्धितिय, ८०० मिटर दौडमा शारदा माध्यमिक विद्यालयबाट कुमार सुनार प्रथम ,महेन्द्र माध्यमिक विद्यालयबाट सन्देश खत्री द्धितिय ,१५ सय मिटर दौडमा पुरुषोदय माध्यमिक विद्यालयबाट प्रतिक श्रीस प्रथम ,शारदा माध्यमिक विद्यालयबाट बाबुराम बोहरा द्धितिय बनेका छन् ।
छात्रातर्फको १०० मिटर दौडमा भृकुटि माध्यमिक विद्यालयबाट सविता क्षेत्री प्रथम ,सल्यान सुखौरा माध्यमिक विद्यालयबाट मिना दमै द्धितिय,२०० मिटर दौडमा पुरुषोदय माध्यमिक विद्यालयबाट यमुना थापा प्रथम,सल्यान सुखौरा माध्यमिक विद्यालयबाट सुस्मा विक द्धितिय,४०० मिटर दौडमा महेन्द्र माध्यमिक विद्यालयबाट मनिसा सुनार प्रथम ,पुरुषोदय माध्यमिक विद्यालयबाट कोपिला नेपाली द्धितिय,८०० मिटर दौडमा महेन्द्र माध्यमिक विद्यालयबाट कोपिला क्षेत्री प्रथम ,सल्यान सुखौरा माध्यमिक विद्यालयबाट मिना दमै द्धितिय,१५०० मिटर दौडमा महेन्द्र माध्यमिक विद्यालयबाट कोपिला क्षेत्री प्रथम, शारदा माध्यमिक विद्यालयबाट धनमाया बस्याल द्धितिय बनेका छन् ।
यस्तै छात्रातर्फको ४०० मिटर र १६०० मिटरको रिलेदौडमा महेन्द्र माध्यमिक विद्यालयबाट मनिसा सुनारको समुह प्रथम र पुरुषोदय माध्यमिक विद्यालयबाट रमिता काउचाको समुह द्धितिय बनेको छ भने छात्रतर्फ ४०० मिटरको रिलेदौडमा भृकुटि माध्यमिक विद्यालयबाट निर्मल थापाको समुह प्रथम,महेन्द्र माध्यमिक विद्यालयाट विराज अर्मजाको समुह द्धितिय, १६०० मिटरको रिलेदौडमा शारदा माध्यमिक विद्यालयबाट कुमार सुनारको समुह प्रथम र महेन्द्र माध्यमिक विद्यालयबाट पितम थापाको समुह द्धितिय बनेको छ ।
छात्रतर्फको त्रिपल जम्पमा महेन्द्र माध्यमिक विद्यालबाट उमेश खत्री प्रथम, भृकुटि माध्यमिक विद्यालयबाट हेमन्त कुमार ढकाल द्धितिय, शर्टफुट तर्फ महेन्द्र माध्यमिक विद्यालबाट नविन पुर्जापुन प्रथम, धुल्लुलिउँवा माध्यमिक विद्यालयबाट दिपक थापा द्धितिय,लङजम्पमा महेन्द्र माध्यमिक विद्यालबाट उमेश खत्री प्रथम, सर्वोदय माध्यमिक विद्यालयबाट चुन्न प्रसाद थापा द्धितिय भएका छन् भने छात्रातर्फको हाइजम्पमा सर्वोदय माध्यमिक विद्यालयबाट सम्झना गिरी प्रथम, शारदा माध्यमिक विद्यालयबाटकमला शर्मा द्धितिय,लङजम्पमा महेन्द्र माध्यमिक विद्यालबाट मालती पुर्जा प्रथम, पुरुषोदय माध्यमिक विद्यालयबाट यमुना थापा द्धितिय , त्रिपलजम्पमा पुरुषोदय माध्यमिक विद्यालयबाट लालुमाया पसन प्रथम, महेन्द्र माध्यमिक विद्यालबाट अन्जली शेरपुर्जा द्धितिय र शर्टफुर्टमा महेन्द्र माध्यमिक विद्यालबाट रश्मि पुर्जा प्रथम र सर्वोदय माध्यमिक विद्यालयबाट सविना पुन द्धितिय भए ।
« शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरु सम्मानित «
» श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच अभिमुखीकरण »







