दर्ता. न‌: २४५/०६५/०६६

श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच अभिमुखीकरण

१२ फागुन २०७९ । संवाददाता,सुखौरा । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरामा शुक्रबार  श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । न्यूनतम रोजगारमा संलग्न हुनका लागि प्रत्येक वर्षको फागुन महिना भरी फाराम खुल्ने र बेरोजगार तथा निम्न आय भएका व्यक्तिहरुलाई फाराम भर्ने/ भराउने साथै सूचना प्रवाह गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको रोजगार संयोजक केशवराज क्षेत्रीले बताए  ।
रोजगारमा संलग्न हुन सूचना प्रवाह गराउने उद्देश्यले सेवा केन्द्रका कर्मचारीले महेन्द्र मावि सुखौरा र सल्यान सुखौरा मावि सल्यानका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत अभिमुखीकरण गरेका छन्   । शनिबार गरिएको कार्यक्रममा उपस्थित  करिब ६० जनाको फारम समेत भरिएको छ ।
पालिकाको प्रत्येक वडाबाट फाराम भर्न मिल्ने, फाराम भर्ने व्यक्तिले निवेदनका साथ एक प्रति फोटो,नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने र फारम निशुल्क भरिने रोजगार सेवा केन्द्रले जनाएको छ ।
शनिबार सल्यानको वडा कार्यालय र थप्लुङमा न्यूनतम रोजगारमा संलग्न  हुनका लागि सेवा केन्द्रका कर्मचारी मार्फत फारम भरिने बताइएको छ । सेवा केन्द्रले प्रत्येक वडामा अभिमुखीकरण सङ्गै बेरोजगारको फारम भरिदिने  योजना बनाएको
त्यस्तै कार्यक्रममा रोजगार सेवा केन्द्रको सहजीकरणमा वैदेशिक रोजगार सम्बन्धि हुने कार्यको बारेमा समेत जानकारी गराइएको थियो ।
शाखाले नेपाल सरकारबाट स्वीकृत श्रम सम्झौता गरेर विदेश गएका कुनै पनि घर परिवारको मृतकको शव नेपाल झिकाउने, निशुल्क शव ढुवानी सेवा, मृतक कामदारको नजिकको हकवालाई आर्थिक सहायता प्रदान गर्ने, बिरामी वा अङ्गभङ्ग भएमा प्रदान गरिने उपचारका लागि आर्थिक सहायता,कामदारको घरपरिवारका सदस्यलाई प्रदान गरिने औषधि उपचार सहयोग, छात्रवृत्ति, उद्दार तथा खोजतलास सेवा र कानुनी प्रतिरक्षा सहायता जस्ता कार्यमा सहजीकरण गरिदिने जनाएको छ ।

« बरेङको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयलाई «

» साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal