दर्ता. न‌: २४५/०६५/०६६

साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न

दिपेन्द्र परियार १२ फागुन २०७९ ।साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न भएको छ ।

सुचना प्रबिधिको बढ्दो प्रयोग र यससँग सम्बन्धीत बिभिन्न घटना ,अपराधिक कृयाकलाप र सुरक्षाबारे सचेतना जगाउन बरेङ गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी,शिक्षक तथा बिद्यार्थि लगाएत आम नागरिकहरुलाई साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी अभिमुखि करण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद डिल्लीराम सुबेदीले बिज्ञान प्रबिधिको सुबिधा सँगै बिकृति बिसंगति समेत भित्रीएको ले प्रबिधिको प्रयोगमा सचेतना अपनाउन आग्रह गर्नुभयो ।ईन्टरनेटको प्रयोग गर्दा गलत नियत राखेका ब्यक्तिहरुबाट सजिलै ठगी हुने भएकाले अनावस्यक बिद्युतिय सामाग्रीको प्रयोग नगर्न बिद्यार्थिलाई आग्रह गर्नुभयो । बिद्यार्थिले स्वअनुसासनमा रहेर बिद्युतिय सामाग्रीको प्रगोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै जिल्ला पहरी कार्यलय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले ईन्टरनेट र साईबर अपराध सम्बन्धी जानकारी ,सामाजिक सञ्जालहरुको प्रयोग,र सुरक्षा बारे जानकारी गराउनु भयो । त्यस्तै राष्टिय साईबर सुरक्षा निति,सामाजिक सञ्जालको सुरक्षित प्रयोग ,बारे सचेत गराउदै सामाजिक सञ्जालमा प्रयोग गरेको आफ्नो पासवर्ड लगाएतका संबेदनशिल ब्यक्तिगत जानकारीहरु कसैलाई पनि दिन नहुने तर्फ सचेत गराउनु भयो ।

सामाजिक सञ्चालको सुरक्षित प्रयोग गर्न नसक्दा बिभिन्न अपराधिक गतिबिधि भैरहेको भन्दै उहाँले बागलुङ जिल्लामा साईबर अपराधको अबस्था बारे जानकारी गराउनु भयो ।

सामाजिक सञ्जालको सहि प्रगोग गर्न नजान्दा आफुमात्रै नभएर घर परिवार तथा छर छिमेक समेत पिडित बन्न पुगेको उहाँको भनाई छ ।

खड्काले अनुसन्धान प्रक्रिया र कानुनी ब्यबस्था साथै गुनासो उजुरी तथा जाहेरी बिषयमा समेत जानकारी गराउनु भयो ।

नेपाल दुर सञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य साईवर अपराध बारे बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरु बढि सचेत हुन जरुरी रहेको बताउनु भयो ।ईन्टरनेटको प्रयोगबाट धेरै राम्राकाम हरु गर्न सकिने भएकाले यसको प्रयोग गर्दा सचेतना अपनाउन सजग गराउनु भयो ।

कार्यक्रमका  सहजकर्ता नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौका अध्यक्ष पुरुषोत्तम खनालले अहिले ईन्टरनेटको प्रयोग अपरिहार्य आबस्यकता बनिसकेको बताउनु भयो ।सुचना प्रबिधिले हरेक कुरामा सहजता ल्यायपनि यसको सहि तरिकाले सदुपयोग हुन नसक्दा बिभिन्न अपराधिक गतिबिधि झमेला तथा ठगीमा परिरहेको बताउदै अपरिचित ब्यक्तिहरुले पठाएका बिभिन्न लिंक हरु र सामाग्रीहरु नखोल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले राखेका बिभिन्न जिज्ञासाहरुको सहजकर्ता हरुले जवाफ दिएका थिए । कार्यक्रमलाई सुनौलो नेपाल प्रालिको आयोजना ,नेपाल दुरसञ्चार प्राधिकरणको सहयोग ,बरेङ गाँउपालिकाले समन्वय गरेकोथियो ।

बरेङ गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी,शिक्षक तथा बिद्यार्थि लगाएत आम नागरिकहरुको सहभागिता रहेको कार्यक्रम सुनौलो नेपाल अनलाईन प्रालिका अध्यक्ष मोहराज पौडेलको अध्यक्षता,गण्डकी प्रदेश सांसद डिल्ली प्रसाद शुबेदीको प्रमुख आतित्थ्यता, रहेको थियो । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अतिथिहरुलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।

बरेङ गाँउपालिकाका प्रमुख प्रसाषकिय अधिकृत जित बहादुर राना ले कार्यक्रमको उद्धेश्यमाथी प्रकासपार्दै उपस्थित सम्पुर्णलाई  स्वागत गर्नुभएको थियो । बरेङ गाँउपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

« श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच अभिमुखीकरण «

» बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिए ठाँउको ठाँउ कार्बाही गर्छु ः खड्का »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal