दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिए ठाँउको ठाँउ कार्बाही गर्छु ः खड्का

दिपेन्द्र परियार १२ फागुन २०७९ । बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिएको पाए ठाँउको ठाँउ कार्बाही गर्ने जिल्ला पहरी कार्यलय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ ।

शुक्रबार बरेङमा सम्पन्न साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रमको अबसरमा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै खड्काले बरेङ बाट बागलुङ छुट्ने सवारी साधनले तोकिएको भन्दा बढि भाडा असुल गरेको पाईएमा तुरुन्तै ठाँउको ठाँउ कार्बाहि गरिछाड्ने बताउनु भएको हो ।

त्यसका लागीे ट्राफिक प्रहरी परिचालन गरेर सम्बन्धीत निकायले निर्धारण गरेको भाडादर बारे जानकारी लिने र यात्रु बाट तोकिएको भन्दा बढि भाडा लिएको पाएमा तुरुन्त काबार्हि गर्ने बताउनु भयो । अहिले बरेङ देखि बागलुङ जिप र पिकअप मात्रै चल्ने गरेका छन। बरेङबागलुङको सवारी भाडादर रु १ हजार रहेको छ । नाका बन्दीको समयमा बढाईएको भाडादर अहिले सम्मपनि समायोजन हुन सकेको छैन ।

« साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न «

» न्यूनतम रोजगारमा संलग्न गराउने उद्देश्यले वडागत अभिमुखीकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal