दर्ता. न‌: २४५/०६५/०६६

न्यूनतम रोजगारमा संलग्न गराउने उद्देश्यले वडागत अभिमुखीकरण

१३ फागुन २०७९ । संवाददाता,सल्यान । रोजगार सेवा केन्द्र बरेङले न्यूनतम रोजगारमा संलग्न्न गराउने उद्देश्यले अभिमुखीकरण सङ्गै बेरोजगार इच्छुक व्यक्तिको फारम भर्ने कार्य   निरन्तर  गरेको छ । सेवा केन्द्रले शनिबार वडा नम्बर ४ सल्यानमा  श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच एक दिने अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
न्यून आएका भएका तर फारम भर्न बाट वन्चित भएका बेरोजगार व्यक्तिलाई समेट्ने गरी वडागत रुपमा सेवा केन्द्रका कर्मचारी खटिएर फारम भर्न लागिएको रोजगार संयोजक केशवराज क्षेत्रीले बताए । शनिबार गरिएको कार्यक्रममा उपस्थित  ५० जनाको फारम भरिएको बताएका छन् ।
पालिकाको प्रत्येक वडाबाट फारम भर्न मिल्ने, फारम भर्ने व्यक्तिले निवेदनका साथ एक प्रति फोटो,नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने र फारम निशुल्क भरिने रोजगार सेवा केन्द्रले जनाएको छ ।
त्यस्तै कार्यक्रममा रोजगार सेवा केन्द्रको सहजीकरणमा वैदेशिक रोजगार सम्बन्धि हुने कार्यको बारेमा समेत जानकारी गराइएको थियो ।
शाखाले नेपाल सरकारबाट स्वीकृत श्रम सम्झौता गरेर विदेश गएका कुनै पनि घर परिवारको मृतकको शव नेपाल झिकाउने, निशुल्क शव ढुवानी सेवा, मृतक कामदारको नजिकको हकवालाई आर्थिक सहायता प्रदान गर्ने, बिरामी वा अङ्गभङ्ग भएमा प्रदान गरिने उपचारका लागि आर्थिक सहायता,कामदारको घरपरिवारका सदस्यलाई प्रदान गरिने औषधि उपचार सहयोग, छात्रवृत्ति, उद्दार तथा खोजतलास सेवा र कानुनी प्रतिरक्षा सहायता जस्ता कार्यमा सहजीकरण गरिदिने जनाएको छ ।

« बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिए ठाँउको ठाँउ कार्बाही गर्छु ः खड्का «

» निवेदन भर्न बाट वञ्चित वर्गलाई समेट्न अभिमुखीकरण,निवेदन दिएका सबैले रोजगार नपाएको गुनासो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal