निवेदन भर्न बाट वञ्चित वर्गलाई समेट्न अभिमुखीकरण,निवेदन दिएका सबैले रोजगार नपाएको गुनासो
१४ फागुन २०७९ । संवाददाता,बाटाकाचौर । रोजगार सेवा केन्द्र बरेङले न्यूनतम रोजगारमा संलग्न्न गराउने उद्देश्यले अभिमुखीकरण सङ्गै बेरोजगार इच्छुक व्यक्तिको फारम भर्ने कार्य निरन्तर संचालन गरेको छ । सेवा केन्द्रले हाल सम्म तीन वटा वडामा आफै उपस्थित भएर भरिसकेको छ भने अन्य दुई वटा वडामा पनि भर्ने कार्य जारी रहेको बताएको छ । यस सङ्गै पालिकाको वडा नम्बर ३ बाटाकाचौरको खाल्लेमा आइतबार श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच एक दिने अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
न्यून आएका भएका तर फारम भर्न बाट वन्चित भएका बेरोजगार व्यक्तिलाई समेट्ने गरी वडागत रुपमा सेवा केन्द्रका कर्मचारी खटिएर फारम भर्न लागिएको रोजगार संयोजक केशवराज क्षेत्रीले बताउनुभयो । आइतबार सन्चालन गरिएको कार्यक्रममा उपस्थित ५० जना मध्य २७ जनाको निवेदन फारम भरिएको छ भने सोही वडामा त्यो सङ्गै एक सय जना बेरोजगारले निवेदन भरिसकेका छन् ।
वडा नम्बर ५ सुखौरामा ७१ जना, वडा ४ सल्यानमा ६० जना, वडा नम्बर २ हुग्दिशिरमा २१ जना र वडा नम्बर १ धुल्लुबास्कोटमा ४० जना गरी करिब ३ सय जनाले निवेदन फारम भरिसकेको रोजगार सेवा केन्द्रले जनाएको छ ।
पालिकाको प्रत्येक वडाबाट निवेदन दिन मिल्ने, निवेदनका साथ एक प्रति फोटो,नागरिकताको प्रतिलिपि बुझाएर फागुन महिनाको मसान्त सम्म निशुल्क भर्न सकिने व्यवस्था रहेको छ ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले प्रत्येक वर्ष फारम भर्नुपर्ने तर भरेका सबैलाई रोजगार नहुने भन्दै गरेको गुनासोलाई रोजगार संयोजक क्षेत्रीले प्राथमिकीकरण अनुसार क्रमश पालैपालो रोजगार पाइने हुनाले नियमित फारम भर्नुपर्ने र त्यस विषयमा सम्बन्धित ठाउँमा कुरा पुर्याउने उल्लेख गर्नुभएको थियो ।
« न्यूनतम रोजगारमा संलग्न गराउने उद्देश्यले वडागत अभिमुखीकरण «
» बरेङमा विद्यालय जादै गर्दा भिर बाट लडेर एक बालिकाको ज्यान गयो »







